Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ । साहित्यकार स्वप्निल नीरवको कथा लेखन रहेको नारीप्रधान चलचित्र ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन हुँदैछ । ‘यो एक विधुवा आमाको कथा हो । जसको जिन्दगीमा पनि प्रेम होस् भन्ने छोरीको पहल हुन्छ ।’, कथाकार नीरव भन्छिन् । आफ्नै आमाको जिन्दगी हेरेर यो कथा तयार पारेको उनको दाबी छ । ‘बुबा बित्नुभएपछि मैले विवाह गर्नु भनेकी थिएँ, बाँकी कथा चलचित्र हेरेर थाहा पाउने जिम्मा दर्शकको हो ।’, उनले भनिन् । यश चलचित्रमा सरोज खनालको निर्देशन आफूलाई चित्त बुझेको उनी बताउछिन् । ‘कथालाई न्याय हुनेगरी निर्देशन गर्नुभएको छ । अभिनय पनि राम्रो छ…

Read More

धनगढी : नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अछामको एक सहकारी र तीन लगुवित्तका पोष्टर च्यातेर आगो लगाएका छन्। ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्तको पोष्टर च्यातेका अछाम प्रहरीले बताएको छ। वित्तीय संस्थाहरुलाई कार्वाही गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीवार पूर्वी अछामका ४ वित्तीय संस्थाका पोष्टर च्यातिएको पार्टीले बताएको छ। अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए।

Read More

पोखरा : स्याङ्जामा चोरीको नौलो घटना सार्वजनिक भएको छ । अहिलेको चर्चित सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाएर भेटघाटमात्रै होइन घरमै पुगेर सुनका गहना चोरी गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ । सुरुमा टिकटकमार्फत साथी बन्ने, एकअर्कालाई लाइक, कमेन्ट गर्ने, भेटघाट गर्ने, घरमै पुगेर सँगै टिकटक बनाउने र मौका परेपछि सुनको गहना चोरी गरेर बेचेको आरोपमा स्याङ्जा प्रहरीले एक जना महिलालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–३ की २४ वर्षीय कुसुम बिसी छन् । विसीले सुरुमा स्याङ्जा वालिङ–६ एक्ले पिपलस्थित एक महिलालाई साथी बनाएर भेटघाट गर्न घरमै पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरुले सँगै मिलेर टिकटक पनि बनाएर…

Read More

काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त भएका छन्। न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले डा. बस्नेतलाई न्याम्सको उपकुलपति नियुक्त गरेका हुन्। प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय ‘सर्च कमिटी’ गठन गरेका थिए। कमिटीले उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए।

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले देश बनाउने महाअभियानमा सबैलाई गोलबद्ध हुन आह्वान गरेका छन् । रास्वपा देश बनाउने महान लक्ष्यसहित स्थापना गरिएको पार्टी भएको बताउदै विष्टले सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा गोलबद्ध भएर महाअभियानमा सहभागी हुन आग्रह गरेका हुन् । स्थापना दिवसको अवसरमा रास्वपाले बिहीबार धनगढीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले ढिलो चाडो सबै दलका व्यक्तिहरु रास्वपाको महाअभियानमा सामेल हुने विश्वास समेत व्यक्त गरे । विष्टले मुुलुकमा अहिले बनेको सरकारले छिमेकी मुलुकले के भन्छ भनेर खुुट्टा कमाएर बसेका कारण देशले कुनै नतिजा पाउन नसकेको टिप्पणी समेत गरेका छन् भने…

Read More

धनगढी : धनगढीमा राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा‌ आएको छ । धनगढी उपमहानगरपालिका-२ एसपीए क्याम्पस अगाडि फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा‌ आएको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । फेसन डिजाइन सम्बन्धि तालिम लिनका लागि सुदूरपश्चिमका महिलाहरू काठमाडौं अथवा भारत जानुपर्ने समस्या रहेको र उक्त समस्यालाई समाधान गर्न फेसन डिजाइन टेक्नोलोजी सञ्चालन गरिएको राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीकी सञ्चालिका दिप्ती शाहीले बताइन् । टेक्नोलोजीमा १५ महिने डिप्लोमा कोर्स सञ्चालनमा ल्याइने र डिप्लोमा कोर्सअन्तर्गत फेसन डिजाइन कम्टिसन, साइड भिजिट, प्रेरणादायी कक्षा सिकाइने बताइएको छ । विद्यार्थीलाई ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक गरि प्रत्येक दिन अढाई घण्टा…

Read More

कैलालीः कैलालीमा एक जना लागुऔषसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट १ ग्राम ८ सय ६० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउद पक्राउ परेका हुन्। उनलाई बुधबार राति प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी पक्राउ गरेको हो।

Read More

मुम्बई : भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यानको धम्की दिएको छ । गोल्डी अहिले क्यानाडामा छन् । गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ । गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए । हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै…

Read More

काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले कारबाही स्वरुप निलम्बन गरेको हो । काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ । उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणको भनाइ छ ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार अन्तरिम आदेश नहुने आदेश गरेको छ । सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

Read More