Author: महेन्द्रनगर पोष्ट

धनगढीः उपचारका लागि धनगढी आएका डोटीका एक शिक्षक सम्पर्कविहीन भएका छन् । आदर्श गाउँपालिका-४ स्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक पदम पछेरा धनगढीबाट सम्पर्क विहीन भएका हुन् । आफन्तका अनुसार उनी बिहिवारदेखि सम्पर्कमा छैनन् । उनको खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ। उनलाई कसैले देखे वा भेटे ९७४४२८९७९२÷९८६७७३५४९१ मा सम्पर्क गरी खबर गर्न परिवारका सदस्यले आग्रह गरेका छन् ।

Read More

धनगढी: कैलालीमा सिकारीको पासोमा परी एक चित्तलसहित पाँच गाई मरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ६ स्थित दैद्धवारीमा पासोमा परेर एक चित्तल र पाँच गाई मरेका हुन् । शनिवार राति वनका कर्मचारीले मरेको चित्तल फेला पारेका डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी डबल बोहराले बताए । नेपाल विद्युत प्राधिकरणको बिजुली लाइनबाट करेन्ट हुक गरेर जंगलमा सिकारीले पासो थापेका थिए । विद्युतीय धराप थापेर सिकार गर्ने को थिए भन्ने पत्ता लागेको छैन ।

Read More

धनगढीः कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। गोदावरी नगरपालिका-४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी निलम मृत फेला परेकी हुन्। शनिबार करिब ४ बजेको समयमा निलम आफै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए। निलम नेपालगन्जमा पढ्थिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

डडेल्धुरा: आम मानिसले बुझेको बिहेका लागि २ विपरीत लिंगको आवश्यकता हुन्छ। सामान्यतया उमेर पुगेका पुरुष र महिला धार्मिक तथा सामाजिक मान्यता अनुसार बन्धनमा बाधिनु नै विवाह हो भनेर बुझिन्छ। तर, के होला कुनै दिन महिलाको अस्तित्व नै यो संसारमा रहेन भने ? जब बिहे गर्न पुरुषलाई महिला नै पाइएन भने ? यस्तै एक प्रश्नले एक कार्यक्रमका सहभागीको मस्तिष्क हल्लिएको थियो। अस्ति डडेल्धुरामा आयोजित पत्रकारसँगको स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो प्रश्न जब तेर्सियो सबै सहभागी नाजबाफ बने। कार्यक्रममा जिल्लामा भएका गर्भपतनको तथ्यांक देखाइएको थियो। यसो हेर्दा जिल्लामा गर्भपतन गर्नेको संख्या बढ्दै गइरहेको उक्त तथ्यांकबाट प्रष्ट भयो। स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष…

Read More

धनगढी: निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो । यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, ‘पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन ।’ पानी नरोकिँदासम्म…

Read More

धनगढीः काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको विमानमा समस्या देखिएको छ। श्री एयरको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएको हो। स्रोतका अनुसार समस्या आएपछि विमान काठमाण्डौं फिर्ता गएको छ। धनगढी विमानस्थलका लागि उडेको विमान काठमाण्डौमा अवतरण भएको छ। विमानमा के प्राविधिक समस्या देखिएको हो ? भन्ने खुलेको छैन। श्री एयरका अनुसार ७६ जना यात्रुहरुलाई अर्को विमानमा धनगढी ल्याइएको छ। नोबेम्बर शेरा नामक विमानमा यात्रुहरुलाई फेरि श्री एयरलाइनसले धनगढी पठाएको हो। श्री एयरलाइनसका अनुसार ९ बजेर ५० मिनेटमा विमान विमान धनगढी विमानस्थलमा अवतरण हुने छ।

Read More

काठमाडौं: यो वर्ष दार्चुलामा सबैभन्दा बढी डेंंगु संक्रमित फेला परेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ६ महिनाको अवधिमा डेंगुका ९ सय ३ केस देखिएको जनाएको छ। ईडिसिडीका अनुसार जनवरीदेखि हालसम्म ४७ वटा जिल्लामा डेंगुका केसहरु पाइएका हुन्। तीमध्ये धेरै केस दार्चुलामा देखिएको हो। त्यहाँ डेंगुका १ सय ८७ केसहरु पाइएका छन्। त्यसैगरी धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन्। यो अवधिमा डेंगुबाट मृत्यु पुष्टि भएको छैन। फाट्टफुट्ट डेंगुका केस देखिए पनि अघिल्लो सालजस्तो नबढेको विभागले बताएको छ। अघिल्लो वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा…

Read More

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई निराश नहुन आग्रह गरेका छन्। आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टाेलीकाे मिहिनेत कमजाेर नरहेकाे बताउँदै ओलीले एउटा असफलता यात्राकाे अन्त्य नहुने उल्लेख गरेका छन्। हाम्राे यात्रा जारी छ भन्दै ओलीले नेपाली क्रिकेट टाेलीलाई स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव पनि गरेका छन्। ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मिहिनेत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मिहिनेतका…

Read More

काठमाडौं: हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ। चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७  वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को ज्यान गएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ…

Read More