काठमाडौँ: गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै, गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ । कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो । उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो । डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको…
Author: महेन्द्रनगर पोष्ट
सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज शुक्रवारदेखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो । वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका मेयर मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा सुरु भएसँगै नगरवासीलाई सहज हुने बताए । नागरिकको आवश्यकतानुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताए । व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै मेयर ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रोबस सेवाले राहत दिने विश्वास व्यक्त गरे । उनका अनुसार नगर माइक्रोबस सेवा…
बैतडी: बैतडीका हरिश विष्टले हातेट्याक्टरले जोतेर सडकमै मकै लगाएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-२ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा उनले सडक खनेर मकै लगाएका हुन् । वर्षाैँदेखि बजेट नपरेको, परेको बजेटले पनि अन्य ठाउँमा काम हुने गरेको र सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको उनले बताए । पत्ताल भुमेश्वरदेखि डाँडाबागसम्म जोड्ने सडक अधुरो रहेको बताइएको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडि उद्धघाटन गरेका थिए । सडकमा मकै लगाएको फेसबुक लाइभसमेत गरिएको थियो ।
काठमाडौँ: सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो । यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ । ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको…
धनगढीः सुदूरपश्चिम प्रदेश सभा अगाडि शङ्ख र सिटी बजार प्रदर्शन गरिएको छ । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै संघर्ष समितिले प्रदेश सभा अगाडि प्रदर्शन गरेको हो । विश्वविद्यालय स्थापनाका लागि प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए ।
बैतडी: बैतडीको सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । सुर्नया गाउँपालिका २ स्थित मुख्य बजारमा सिसी क्यामेरा जडान गरिएको हो । सतबाँझ प्रहरी चौकीका इन्चार्ज ऐनबहादुर पालले बजार क्षेत्रमा चार ओटा सिसी क्यामेरा जडान गरिएका बताए । चालु वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ । बजार क्षेत्रमा हुने आपराधिक कृयाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेराले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । त्यस्तै, सतबाँझमा सार्वजनिक शौचालय पनि निर्माण भइरहेको बताइएको छ ।
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट ३६ वर्षीय करन ओड र गणेश बुढा पक्राउ परेका हुन् । करनलाई ११० ग्राम लागुऔषधसहित पक्राउ गरिएको र गणेशको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलाली: कैलालीमा सहकारी अगाडि राखिएका मोटरसाइकलमा आगलागी भएको छ । आज जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नवजीवन सहकारी संस्थाको पार्किङमा राखिएका दुई मोटरसाइकलमा अचानक आगलागी भएको हो । सोही सहकारी संस्थाका सुरक्षा गार्ड मदनबहादुर सिंहको नाममा रहेको भे८प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२ नम्बरको माटरसाइकलमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भई ४ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको बताइएको छ । प्रहरीले आगालागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको बताएको छ ।
काठमाडौँ: नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको छ । सहायक प्रबन्धकसहित विभिन्न पदमा ८९ जना कर्मचारी भर्न गर्न बैंकले आज आवेदन मागेको हो । आज सूचना प्रकाशित गर्दै बैंकको मानव स्रोत व्यवस्थापन विभागले छैठौं तहको सहायक प्रबन्धकसहित चौथौं तहको सहायक आवश्यक परेको जनाएको छ । आजदेखि असार २१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनिएको छ ।
धनगढीः नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बन भएका छन् । आफ्नै महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो । अनुसन्धानकै क्रममा गृहमन्त्रालयबाट उनलाई ६ महिना निलम्बन गरेर अनुसन्धान गर्न निर्देशन आएसँगै उनी निलम्बनमा परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। ‘गृहबाट हिजो पत्र आयो। आजदेखि लागू हुने गरी ६ महिनालाई उहाँ निलम्बनमा पर्नु भयो,’ उनले भने, ‘अब ६ महिनाभित्र मुद्दा टुंगिनुपर्छ।’ प्रहरीकी सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए । सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिम समेत रहेका पालले…