बैतडी: बैतडीका हरिश विष्टले हातेट्याक्टरले जोतेर सडकमै मकै लगाएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-२ को पत्ताल भुमेश्वर गेटदेखि भम्कापानी सम्मको ग्रामीण शाखा सडकमा उनले सडक खनेर मकै लगाएका हुन् ।
वर्षाैँदेखि बजेट नपरेको, परेको बजेटले पनि अन्य ठाउँमा काम हुने गरेको र सडक निर्माणमा कसैले चासो नदिएपछि सडकमा परेको आफ्नो जमिनमा मकै छरेको उनले बताए ।
पत्ताल भुमेश्वरदेखि डाँडाबागसम्म जोड्ने सडक अधुरो रहेको बताइएको छ । यो सडकको स्थानीयहरुले नै मिलेर एक दशक अगाडि उद्धघाटन गरेका थिए । सडकमा मकै लगाएको फेसबुक लाइभसमेत गरिएको थियो ।
Facebook Comments Box