कैलाली: कैलालीमा सहकारी अगाडि राखिएका मोटरसाइकलमा आगलागी भएको छ । आज जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नवजीवन सहकारी संस्थाको पार्किङमा राखिएका दुई मोटरसाइकलमा अचानक आगलागी भएको हो ।
सोही सहकारी संस्थाका सुरक्षा गार्ड मदनबहादुर सिंहको नाममा रहेको भे८प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–८ खजुराका कालु खाँण ठकुरीको सु.प.प्र.०१००८प ५९०२ नम्बरको माटरसाइकलमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भई ४ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको बताइएको छ । प्रहरीले आगालागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको बताएको छ ।
Facebook Comments Box