धनगढीः कैलालीमा भन्सारछलीका ब्रोइलर कुखुरासहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप महानगरपालिका–१७ धुर्जन्नामा भारतबाट भन्सार छली ८० हजार मुल्य बराबरको २५० किलोग्राम ब्रोइलर कुखुरासहित सोहि ठाउँका २५ वर्षीय दिपक बोहरा हिजो पक्राउ परेका हुन्। बरामद गरेका ब्रोइलर कुखुरालाई नष्ट गरि बोहरालाई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
काठमाडौँ : मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही…
जनकपुरधाम : सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अष्ट्रेलियामा एक भारतीय युवतीले विवाह गर्न नमान्दा उनको हत्या भएको घटना बाहिरिएको छ। विवाह गर्न नमानेको भन्दै २१ वर्षीया भारतीय नर्सिलाई एक युवकले हातखुट्टा बाँधेर अपहरण गरेर घाँटी रेटेर जमिनमा गाडेका थिए। आरोपित युवक पीडितका पूर्वप्रेमी भएको खुलेको छ। लामो समयदेखि उनले ती युवतीलाई दुर्व्यवहार गर्दै आएका थिए। बुधबार अस्ट्रेलियाको अदालतमा भएको सुनुवाइका क्रममा यी कुराहरू बाहिर आएका हुन्। अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाइएको छ। यस्तो छ घटनाको विस्तार : २१ वर्षीय जास्मिन कौर अष्ट्रेलियाको एडिलेड सहरमा बस्थिन्। अभियुक्त तारिकजोत सिंहले उनलाई ५ मार्च २०२१ मा काम गरिरहेको स्थानबाट जस्मिनलाई अपहरण गरेका थिए। त्यसपछि उनले उनको हात खुट्टा तारले बाँधेर…
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले दुर्व्यवहार गरेका हुन् । वडाध्यले महिलामाथि हातपात गरेको आरोप लागेको छ । स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् । वर्षाको समयमा खोलानालामा उत्खनन् गर्नु गैरकानुनी भएको बताउँदै उनले सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात भएको गुनासो गरिन् । चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका…
काठमाडौँ : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो । उक्त योजना आगामी साउन १ गतेदेखि लागू गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्ययोजनाले समयानुकूल साङ्गठानिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनले आज उक्त कार्ययोजना सार्वजनिक गर्दै सेवा प्रवाहमा यसले सही ढङ्गले कार्यसम्पादन गर्न सहयोग पुग्ने बताए…
धनगढी : कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्कुलबाट घर फर्किने क्रममा शुक्रबार बालिकालाई खहरे खोलाले बगाएको बताए । उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा : कास्कीको वन रक्षकको परीक्षामा अर्काको नाममा परीक्षा दिने ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १५, फुलवारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालन भएको वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने कास्कीका ३ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कागजातहरू चेकजाँच गर्ने क्रममा कालिकोट रास्कोट नगरपालिकाका बस्ने १९ वर्षीय प्रेम भण्डारी, २० वर्षीय गौरी संज्याल र १८ वर्षीयको एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । परीक्षार्थीको नामको सक्कल नागरिकतामा आआफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको डीएसपी विकले बताए । उनीहरुलाई…
धनगढी: नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलाली च्याप्टरको अध्यक्षमा युवा व्यवसायी कुबेर शाही निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो। मञ्चको फस्ट भाइस प्रेसिडेन्टमा तर्कराज भट्ट र सेकेन्ड प्रेसिडेन्टमा अच्युत दाहाल चयन भएका हुन्।यस्तै कार्यसमिति सदस्यहरुमा भने शिवराज ओझा, आयुश हमाल, आयुश मोहपाल, आदित्य हमाल, आशिष शाह, राहुल गुप्ता र विनय चोखाल चयन भएका छन्। मञ्चको अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति शाहीले आभार व्यक्त गरेका छन्। युवा उद्यमशीलताका क्षेत्रमा मञ्चले काम गर्दै आइरहेको छ।