Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैर जिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताए । सकेसम्म संसद्लाई सौहार्द बनाउने प्रयासमा आफूहरू रहेको उनको भनाइ छ । माओवादीका अर्का सांसद माधव सापकोटाले बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरू भएको उल्लेख गर्दै पशुपतिनाथको जलहरी लाउँदा…

Read More

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । शुक्रबार क्याम्पस प्रमुखको कोठामा प्राध्यापकहरूले तालाबन्दी गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको बताइएको छ । कर्मचारी समायोजनसहितका विषयमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकको गुनासो छ ।

Read More

काठमाडौँ – सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस अघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बेलुकी ६ बजेका लागि निर्धारण भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै बेलुकी ६ बजेका लागि बैठक तय भएको जनाएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको बैठकको समय ३ बजेका लागि तोकिएको थियो। तर, सहमति नहुँदा बैठकको समय पुनः ६ बजेलाई तय भएको हो। बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखिएको बताएपछि एमालेले आज संसद् अवरोध गरेको हो। एमाले सांसदले दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए। आज जेठ ५ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले…

Read More

धनगढीः धनगढीको कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। आज (शुक्रबार) क्याम्पसका प्रमुखको कोठामा प्राध्यापकहरुले ताला लगाएको जनाइएको छ। स्रोतका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको हो। कर्मचारी समायोजनसहितका कुराहरुमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकहरुको गुनासो छ। यस्तै क्याम्पसका केही एचओडी (विषय) विभाग प्रमुखहरुले आजै राजीनामा पनि दिएको बताइएको छ। तर स्वीकृत भने गरिएको छैन्। अहिले क्याम्पसका तालाबन्दीबारे छलफल जारी छ।

Read More

एजेन्सी: दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए। एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए। ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुईरतीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो। तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ। प्रहरीले ढोका खोल्ने यात्रुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक अवरुद्ध जायज विषय भएको बताएका छन्। शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई च्यासलमा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका सांसदले आफूहरूमाथि लगाएको आरोप निराधार भएकाले संसद् अवरुद्ध जायज भएको बताए। ‘आज संसद् अवरुद्ध भइरहेको छ। अस्ति मात्रै माओवादी सांसदले कोभिडमा दुई अर्ब केपी ओलीले खायो। कहाँ गयो, पशुपतिमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार भयो भनेर बोले। आज त्यस विषयमा संसद अवरुद्ध छ, हुनैपर्छ संसद अवरुद्ध। यस्तो बकवास१ एउटा जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो बोलेर हिँड्दैन। आधारहीन, असत्य र जनतालदाई भ्रम चल्ने खालका आरोप, त्यसको कि पुष्टि हुनुपर्यो,…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता पठाएको हो । कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भएपनि शीतल निवासको निर्णयसँगै तत्कालका लागि यो सम्भावना सकिएको छ ।

Read More

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन्। प्रधानसेनापति शर्माले भने, “युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन।” मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको…

Read More

कञ्चनपुर: जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो । “जङ्गली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन् ।” जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए । आर्थिक वर्ष २०७९/८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा रु १० लाख बजेट विनियोजन गरिएको थियो…

Read More