Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ। डिएसपी दाहालले भने,‘जेठ २४ गते उहाँलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ ।’ राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको डिएसपी दाहालले बताए ।

Read More

धनगढी: धनगढीमा करिब १६ क्विन्टल अवैध माछासहित कञ्चनपुरको बेलौरीका रामकुमार राना समातिएका छन् । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउँदै गरेको अवस्थामा उनी माछासहित समातिएका हुन् । जिप चालक बेलौरी नगरपालिका–७ का २१ वर्षीय रानाले ती माछा धनगढीबाटै खरिद गरेको बताए पनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।

Read More

बझाङ: एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङको संयोजकमा पुष्कर दौल्याल चयन भएका छन् । अनेरास्ववियु जिल्ला कमिटिको बैठकले दौल्याललाई संयोजकको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष दिलबहादुर खातीले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । उनले जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि दौल्याललाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो ।

Read More

बैतडी: बैतडीमा महिलाहरुलाई अचार बनाउने तालिम दिइएको छ । जिल्लाको पाटन नगरपालिका ८, ९ र १० का ३० जना महिलालाई तालिम दिइएको हो । तालिममा तीनै वडाका कृषि सहकारीमा आवद्ध महिलाहरू सहभागी थिए । उनीहरुलाई यही जेठ २१ गतेदेखि ७ दिने तालिम दिइएको बताइएको छ । तालिममा फापर, मुला, अदुवा, खुर्सानी लगायतको अचार राख्न सिकाइएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

Read More

धनगढी: कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द नै गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो। संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तरगत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए। उनकाअनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले गेटा मेडिकल विश्वविद्यालय बनाउन सरकारले गरेको निर्णय कार्यान्वयनका लागि दबाब दिन आमहड्ताल गर्न बाध्य भएको बताए। गेटामा युनिभर्सिटी बनाउनुपर्ने भन्दै नेकपा एमाले र संघर्ष समिति…

Read More

कञ्चनपुर: कञ्चनपुरका एक युवक नहरमा मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिवार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी खेतमा सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर घरबाट निस्किएका थिए । घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनी पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट हराएका १५ वर्षीय अमृत विष्ट फेला परेका छन् । उनी अत्तरियास्थित गोदावरी नगरपालिकाको लामीताल क्षेत्रमा फेला परेका हुन् । उनलाई अहिले प्रहरीले उनका काका नरेश विष्टको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । बैतडीको सुर्नया गाउँपालिका घर भएका उनी आफ्ना काकासँग शिवनगरमा बस्दै आएका थिए ।

Read More

काठमाडौँ: एक जना नेपालीले आमाको पुण्य तिथि अर्थात् श्राध्दमा केक काट्न तयार रहेको फोटो पोष्ट गरेपछि धेरैतिरबाट विरोध गरिएको छ । पोषणविद् तथा चिकित्सकहरुले पितृहरुलाई पनि पत्रु खाना (जंक फुड) खुवाएको भन्दै व्यङ्ग्य गरेका छन् । पोषणविद् डा. अरुणा उप्रेतीले डा.करुणा वन्तको फेसबुकबाट साभार र सेयर गरेको उक्त केकबारे लेखेकी छन्, ‘हाम्रा पितृहरुलाई समेत पत्रु खाना ख्वाउने के चलन आयो ? अब किरियापुत्रीहरुले पनि यस्तो खाना खालान् ?’ केकमा ‘हार्दिक श्रद्धाञ्जली आमा, स्वर्गमा बास होस्’ भनेर लेखिएको छ । उक्त फोटो र केकमा लेखिएको स्टाटसलाई तोयनाथ भट्टराईले सांस्कृतिक विचलनको रुप भनेका छन् । रामेश्वर पन्त लेख्छन्, ‘अब त पिण्डको सट्टा…

Read More

काठमाडौँ: काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरूले टमाटरको बजार मूल्य नपाएपछि खोलामा फालेका छन् । बारीमा राम्रो गोलभेडा उत्पादन गरे पनि बजार मूल्य नपाउँदा किसानहरूले आज नगरपालिकाको झिगु खोलामा लगेर फालेका हुन् । भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै किसानहरुले स्थानीय सरकारले समेत समन्वय नगरेको आरोप लगाए ।

Read More

एजेन्सी: बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । तत्कालै लागु हुने गरी उनले राजीनामा दिएका हुन् । जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उनले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आएका छन् । संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उनलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उनको आलोचना भएको थियो ।

Read More