Author: महेन्द्रनगर पोष्ट

धनगढीः  कैलालीमा रहेको हाइवे कटेजमा  आगलागी हुँदा २० लाख बराबरको क्षती भएको खुलेको छ। बुधबार जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित सोही उपमहानगरपालिका –२ का ३३ वर्षीय शुशिल कुँवरको हाइवे कटेजमा करेन्ट सर्ट भई आगलागी भएको थियो। आगलागी हुँदा कटेज पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे । गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव,…

Read More

धनगढीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खै भाइ प्रह्लाद दामोदर मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गोप्य भेट गरेका छन्। काठमाडौंमा केही साताअघि उक्त भेट भएको उच्च स्रोतले जनाएको छ। मोदी पाँच दिने नेपाल भ्रमणमा आएका थिए। सरकारी निकायले जानकारी नदिएको उक्त भ्रमणको क्रममा मोदी पोखरा पुगेको बताइन्छ। जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए। गत पुसमा गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए। उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्व जानकारी गराएर मात्र भेटघाट गर्न कडा…

Read More

धनगढीः सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ। यो वर्ष कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो। स्वास्थ कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ। जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो। कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए। सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ। धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न…

Read More

काठमाडौँ: ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो । भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत सरकारका उच्च पदस्थ व्यक्ति पनि जावलाखेल पुगेका छन् । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै सकिनेछ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका कृषकहरु एक साताको अन्तरप्रदेश प्रविधि अवलोकन भ्रमणमा गएका छन्। सुदूरपश्चिमको क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा प्रदेशभित्रका प्रत्येक जिल्लाबाट दुई/दुई जना अगुवा कृषकलाई समेटेर अध्यन भ्रमण टोलीमा सहभागि भएका छन्। अगुवा कृषकहरु बिभिन्न प्रदेशका नमुना, नयाँ कृषि प्रविधि र उद्यमीहरुसंग सिकाइ र अनुभवन आदानप्रदान गर्नका लागि अगुवा कृषक अध्ययन भ्रमणको आयोजना गरिएको सुदूरपश्चिमको क्षेत्रीय कृषि निर्देशनालयका कृषि विज्ञ राजेन्द्र बमले बताए।

Read More

काठमाडौँ: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन् । बिहीवार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो…

Read More

काठमाडौँ: सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । कैलालीको टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन भइरहेको बताइएको छ । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको…

Read More

बझाङ: बझाङको केदारस्युँ गाउँपालिका १ का कृष्ण जेठारा करिब एक महिनादेखि बेपत्ता छन् । ४० वर्षीय जेठारा गत वैशाख १९ गतेबाट बेपत्ता भएका हुन् । उनी चितवनको रामनगरस्थित सञ्जय गुप्ताको होटलमा भएको भन्ने खबर पाइए पनि त्यहाँ नभेटिएका उनको पारिवारिक स्रोतले जनाएको छ । जेठारालाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९७६९७७५१८९ मा सम्पर्क गरी सहयोग गरी दिनहुन अनुरोध गरिएको छ ।

Read More