धनगढीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खै भाइ प्रह्लाद दामोदर मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गोप्य भेट गरेका छन्। काठमाडौंमा केही साताअघि उक्त भेट भएको उच्च स्रोतले जनाएको छ।
मोदी पाँच दिने नेपाल भ्रमणमा आएका थिए। सरकारी निकायले जानकारी नदिएको उक्त भ्रमणको क्रममा मोदी पोखरा पुगेको बताइन्छ। जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए।
गत पुसमा गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए। उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्व जानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए। तर अहिले आफैँले विदेशीसँग गोप्य भेट गर्नुलाई धेरैले अर्थपूर्ण र दोहोरो मापदण्ड भनेका छन्।