गलकोट – बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध२प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ । १४ जनाको मृत्यु भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका…
उत्तर कोरिया – प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएको, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ । नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गर्नुभएको हो। फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गरेका छन्। भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उनले बताएका हुन् । किमका अनुसार सैन्य उपग्रहहरू विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बलहरूलाई यसको विरुद्ध सैन्य कारबाहीहरूको वास्तविक(समय…
काठमाडौं – काठमाडौंमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो । अनुसन्धानका क्रममा आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी परिचय गराई काठमाडौंमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजार लाग्ने भनी फारम भर्न लगाई ठगी गरेका पाइएको प्रहरीले जानकारी दिएको छ । यसरी ठगी गर्ने कार्यमा झापाको भद्रपुर घर भई काठमाडौंको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४…
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् । ‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक…
दैलेख – गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ। गाउँपलिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेको हो। ठाटीकाँध गाउँपालिका–१ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो। उक्त घटनाप्रति दुःख व्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतकको घर परिवारलाई ५८ हजार नगद रुपैयाँसहित दैनिक उपभोग्य वस्तु वितरण गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए। ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले मृतक बादीको घरमा पुगेर मृतकको घर परिवारको न्यून आयस्रोत भएकाले…
काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । उनले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । बजेट कार्यक्रममा देखिएका समस्या पुरानै भएकाले आगामी बजेट निर्माण गर्दा सबै कमजोरी सुधार गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको जानकारी दिँदै उनले कार्यक्रम बनाएर पठाउनुको सट्टा बजेट कार्यान्वयनमा हालसम्म देखिएका समस्या सुधार गर्ने कार्ययोजना पहिला…
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगञ्ज आइपुगेका हुन्। यहि अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्ला कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा पदस्थापन समारोह आयोजना गरेको छ। प्रधानमन्त्री देउवाले यो कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई पहिले सम्बोधन गर्नेछन्। सो कार्यक्रमपछि देउवाले नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। केही बेरअघि मात्रै त्यहाँ पुगेका उनी आजै काठमाडौं फर्किनेछन् ।
काठमाडौं– मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै गएको बताइएको छ । उनका छोराले भने आफ्ना बाबुलाई बचाउन अस्पतालले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । ‘हामी हरेक आविष्कार र परीक्षणप्रति आभारी छौं ।’ उनलाई उद्धृत गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उन शरीरमा गत जनवरी ७ मा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरू…