दैलेख – गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ।
गाउँपलिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु र नगद सहयोग गरेको हो।
ठाटीकाँध गाउँपालिका–१ मा बसोवास गर्दै आएका ४० वर्षीय हरिकला बादी र उनका १८ वर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो।
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतकको घर परिवारलाई ५८ हजार नगद रुपैयाँसहित दैनिक उपभोग्य वस्तु वितरण गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए।
ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले मृतक बादीको घरमा पुगेर मृतकको घर परिवारको न्यून आयस्रोत भएकाले आफूले सहयोग गरेको शाहीको भनाइ छ।
Facebook Comments Box