धनगढी: कैलालीको धनगढीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र लागू औषध ब्युरो धनगढीको संयुक्त टोलीले गौरीगंगा नगरपालिका–६ वनवेहडा निवासी २९ वर्षीय कृष्ण खड्कालाई नियन्त्रणमा लिएको हो।
खड्का धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पक्राउ परेका हुन्। उनी सुदूरपश्चिम प्रदेश ०१००९ प ७२ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीको टोलीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा खैरो हेरोइन फेला पारेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरी सक्रिय रहेको जनाइएको छ।
Facebook Comments Box