धनगढी: सुदूरपश्चिमको धनगढी घर भएर भारतको उत्तरप्रदेशमा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन्। फागुन २८ गतेदेखि धनगढी उपमहानगरपालिका बोराडाडी घर भएर रुड्की ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा अध्ययनरत सुमन जोशी बेपत्ता भएका हुन्।
पारिवारिक स्रोतका अनुसार जोशी होस्टेलमा बसेर बिएस्सीएजी आठौं सेमेस्टरमा पढ्दै आएका थिए। उनै जोशी फागुनदेखि सम्पर्कविहीन भएकोमा हालसम्म फेला परेका छैनन्।
परिवार र भारतीय प्रहरीले उनको खोजी जारी राखेकोमा अझै फेला नपरेका हुन्। उनी होस्टेलबाट बाहिर गएको र त्यसपछि लापता भएको बताइएको छ।
Facebook Comments Box