Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा आजदेखि गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी हुनथालेपछि नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले आज ९शुक्रवार० जेठ २६ गते देखि ३० गतेसम्म बिद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत बिद्यालयलाई अनुरोध गरेको छ। अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न पालिकाले सूचनामार्फत अनुरोध गरेको छ।

Read More

धनगढी: जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो ।  आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो।  विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ । 

Read More

धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसले बढ्दो गर्मीलाई मध्यनजर गर्दै बिदा दिएको छ। क्याम्पसले जेठ २८ गतेदेखि लागू हुने गरि असार १८ गतेसम्मका लागि गर्मी बिदा दिएको हो। तर बिदा अवधिमा पनि क्याम्पस प्रशासन भने खुला रहने जनाइएको छ।

Read More

काठमाडौँ : जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो । आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ । दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय…

Read More

लखनउ : लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ ।  पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय मिडिया अमर उजालले सो गोली काण्डमा पक्राउ परेका बिजय यादव सो नेपाल आएको र त्यही डिल गरेर फर्के पछि अदालतमा गोली हानेको जनाएको छ । सो मिडियाका अनुसार उनले नेपालमा ठूला माफियासँग सम्पर्कमा रहे, जुन कुरा यादवले भारतीय प्रहरीलाई बताएका छन् । नेपालका एक व्यक्तिले उनलाई जीवाको फोटो देखाएर मार्ने ठेक्का दिएको थियो, जुन ठेक्काका लागि भारतीय २० लाख रुपैयाँमा सम्झौता भएको थियो । जसका लागि सुरुमा पाँच हजार…

Read More

एजेन्सी: अमेरिकी सैन्य सुराकी विश्लेषक तथा कूटनीतिज्ञ काठमाडौं आएकी छन् । भिक्टोरिया आन रिज्याक कतारको राजधानी दोहा हुँदै हिजो दिउँसो कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएकी हुन् ।भिक्टोरियासँग विश्वका विभिन्न मुलुकको सैन्य सुराकीसम्बन्धी लामो अनुभव रहेको बताइन्छ । उनी कोरियास्थित अमेरिकी जल सेनाको टोलीमा सुराकी योजनाविज्ञ रुपमा सन् २०२० देखि २०२२ सम्म साढे दुई वर्ष कार्यरत थिइन् । पेरिसस्थित अमेरिकी दूतावासमा उनी असिस्टेन्ट डिटेचमेण्ट कमाण्डर रहेको बताइन्छ । सोही हैसियतमा उनी बेइजिङस्थित अमेरिकी दूतावासमा डिसेम्बर २०१७ देखि २०१८ को डिसेम्बरसम्म एक वर्ष बसेकी थिइन् । स्रोत भन्छ, ‘अन्ना मे २०१० देखि अगष्ट २०१२ सम्म अमेरिकी जलसेनाको जापानस्थित थ्रीडी…

Read More

विमल बोहरा, डडेल्धुरा: डडेल्धुरामा जीप दुर्घटना भएको छ। शुक्रबार बिहान अन्दाजी ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका-१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो। दुर्घटनामा परि ९ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले बताए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाइरहेका थिए। बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्। उनलालाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ। ट्रम्पले आफू निर्दोष रहेको उल्लेख गरेका छन्। अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए। ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको बीबीसीले उल्लेख गरेको छ। यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो। अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ। सन् २०२४…

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका बोईलर कुखुरासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित भैसुलीका २० वर्षीय संजय रानालाई बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो। से७प ७९३२ नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छलीगरि नेपाल ल्याउदै गरेको २४ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा र मोटरसाइकलसहित उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको जनाएको छ। आवश्यक कारवाहीका लागि रानालाई भन्सार कार्यालयमा बुझाइएको कञ्चनपुर प्रहरीले बताएको छ। यस्तै बेलौरी नगरपालिका–६ भन्साररोडमा भारतबाट भन्सार छलिगरि ल्याएका ३७ हजार ३ सय बराबरको सामान फेला परेको छ। पास्ता, प्लाष्टिक, डिउ, मैदा, नरिवल, सोडा, किसमिस, लागयातका सामन ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो।…

Read More

काठमाडौं: नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कञ्चनपुर– १ बाट निर्वाचित सांसद तामाङले भने, ‘कुरो उठाएको उठायै छु। सरकारले गर्छु मात्र भन्ने, हाम्रो कञ्चनपुर जिल्लाको आरक्षपीडितहरूको वर्षौँदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन। नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौंमा हप्तौँदेखि पीडितहरू भौँतारिराखेका छन्। सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ ?’ समस्या समाधानका लागि पीडित महिना दिनदेखि राजधानीमा भौँतारिरहेको भन्दै सांसद तामाङले पीडितको पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन्। तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित…

Read More