एजेन्सी: अमेरिकी सैन्य सुराकी विश्लेषक तथा कूटनीतिज्ञ काठमाडौं आएकी छन् ।
भिक्टोरिया आन रिज्याक कतारको राजधानी दोहा हुँदै हिजो दिउँसो कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएकी हुन् ।
भिक्टोरियासँग विश्वका विभिन्न मुलुकको सैन्य सुराकीसम्बन्धी लामो अनुभव रहेको बताइन्छ । उनी कोरियास्थित अमेरिकी जल सेनाको टोलीमा सुराकी योजनाविज्ञ रुपमा सन् २०२० देखि २०२२ सम्म साढे दुई वर्ष कार्यरत थिइन् ।
पेरिसस्थित अमेरिकी दूतावासमा उनी असिस्टेन्ट डिटेचमेण्ट कमाण्डर रहेको बताइन्छ । सोही हैसियतमा उनी बेइजिङस्थित अमेरिकी दूतावासमा डिसेम्बर २०१७ देखि २०१८ को डिसेम्बरसम्म एक वर्ष बसेकी थिइन् ।
स्रोत भन्छ, ‘अन्ना मे २०१० देखि अगष्ट २०१२ सम्म अमेरिकी जलसेनाको जापानस्थित थ्रीडी मरिन लजिस्टिक ग्रुप,सीएलआर ३७ मा अल सोर्स इन्टेलिजेन्स एनालिष्ट थिइन् । हिजो उनै अमेरिकी कूटनीतिज्ञ तथा सुराकी विशेषज्ञ काठमाडौं आएकी हुन् ।’