Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ ओटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । गुनासो सुन्न सबै जिल्लामा सम्पर्क सांसद तोकेको रास्वपाले कञ्चनपुर र कैलालीका लागि डोलप्रसाद अर्याललाई तोकेको हो । कञ्चनपुर, कैलालीसहित अर्यालले बारा र धादि का नागरिकका समस्या सुन्ने बताइएको छ । त्यस्तै, बैतडीका लागि डाक्टर स्वर्णिम वाग्ले र डोटीका लागि डा तोषिमा कार्कीलाई जिम्मेवारी दिएको छ । दार्चुला र अछामको जिम्मेवारी विराजभक्त श्रेष्ठ, बाजुराका लागि सन्तोष परियार, बझा का लागि मनिषा झा र डडेल्धुराका लागि गणेश पराजुलीलाई जिम्मेवारी दिइएको छ । नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न…

Read More

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बडीमालिका-६ का वडा अध्यक्ष कृष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै उनले सुरक्षाको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । विकले वडाध्यक्ष खड्काले भुक्तानी माग गर्दा आफूले प्रक्रियामा नआएका योजनाको भुक्तानी दिन समस्या हुने भनेपछि उनले नगरप्रमुख अमर खड्काको कार्यकक्षमा गोली हानेर मार्छु भनी धम्की दिएको बताए । उनले दुईपटक आफूमाथि आक्रमणको प्रयास भएको र यही २० गतेसम्म भुक्तानी नदिए मार्ने समेत धम्की दिएको बताए । यता, वडाध्यक्ष खड्काले भने आफूले ज्यान मार्ने धम्की नदिएको बताउँदै बुझाइमा फरक परेको…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले नै घटेको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० मा किनबेच भइरहेको छ ।

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो । वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो । मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने मध्यवर्ती व्यवस्थापन समितिले निर्णय गर्ने उनले…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गरेका छन् । बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान…

Read More

धनगढीः धनगढीमा प्रहरीले ब्रोइलर कुखुरासहित भन्सार छलीका सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भन्सार छलीका ब्रोइलर कुखुरासहित काइयो, कपुर लगायका सामान प्रहरीले फेला पारेको हो । अन्दाजी १० हजार मूल्य बराबरका ब्रोइलर कुखुरासहितका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ । रासस

Read More

धनगढी: जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ ।अनेरास्ववियु प्रदेश कमिटीको आयोजना र क्याम्पस कमिटीको व्यवस्थापनमा धनगढीस्थित उक्त क्याम्पसमा वृक्षारोपण गरिएको हो । अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, केन्द्रीय सचिव प्रदेश इन्चार्ज दीपक धामी, प्रदेश अध्यक्ष मनोज राई लगायतका अनेरास्ववियुका नेता कार्यकर्ताको सहभागितामा वृक्षारोपण गरिएको छ ।

Read More

बैतडी: बैतडीमा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । जिल्लाको पाटन नगरपालिका-८ ज्यापुमा गएराति पहिरो खस्दा यातायात सेवा बन्द भएको थियो । वर्षाका कारण सडक माथिबाट पहिरो खसेको थियो । सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याइएको र बिहादेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

कैलाली कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका छन् । उनी आफ्नै घरमा मृत फेला परेका हुन् । उनी आज आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More