Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला भारतले नेपाललाई पानी दिने सहमति भएको छ। महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।  टनकपुर लिंक क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको दूतावासले जनाएको छ। यसअघि २०७९ असारमा टनकपुर लिंक क्यानलबाट पानी छाडेर नहरको परीक्षणसमेत गरिसकेको छ। त्यतिबेला २२ किलोमिटरसम्म पानी प्रवाह भएको थियो। ४८ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर नहर तयार भइसकेको छ। यसले तीन हजार हेक्टर जमिनमा मात्र सिँचाई पुग्नेछ।…

Read More

धनगढी: धनगढीमा युवाहरुको लफडा भएको छ। आज (शनिबार) राति धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो। लफडा गर्ने एक युवा फरार भएको र एक जना भने खुकुरीसहित समातिएको प्रहरीले स्रोतले जनाएको छ। स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। लफडाको कारण र विस्तृत विवरण खुल्न बाकी छ।

Read More

परासी: अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाइएका घर नवलपरासीको सरावल गाउँपालिकाले डोजर लगाएर भत्काएको छ। गाउँपालिकाले वडा नम्बर ५ धनगडवामा १५ शय्याको अस्पताल निर्माण गर्दै छ। सो जग्गामा व्यक्तिले अतिक्रमण गरेर बनाएको घर गाउँपालिकाले डोजर लगाएर भत्काइदिएको हो। उक्त स्थानको २ विगाहा १८ कठ्ठा जग्गा कार्यपालिकाको बैठकले अस्पतालका छुट्याएको छ। छुट्टाएको जग्गामा तीन जना स्थानीयले घर बनाएका थिए। गाउँपालिकाले पटक पटक सूचना निकालेर सम्बन्धित व्यक्तिलाई खाली गराउन ताकेता गरेपनि अटेरी गरेपछि प्रहरी प्रशासनको सहयोगमा शुक्रबार डोजर लगाएर घर भत्काइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। तीन जनामध्ये एक जनाले पालिकाको आग्रहअनुसार जग्गा खाली गराएको र नरेश कहार र बैजनाथ…

Read More

धनगढी: सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तिव्र बनेको छ । यही जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तिव्र पारिएको हो । सोही क्रममा पतञ्जलि योगपीठका महामन्त्री बालकृष्ण आचार्य धनगढी आईपुगेका छन् । धनगढी आईपुगेका आचार्यले आफू सुदूरपश्चिमको विकास र कल्याणको लागि सदैव सोच्ने गरेको बताए । यस्तै उनले खप्तड स्वीजरल्याण्ड भन्दा पनि सुन्दर भएको दाबी गर्दै उनले यसको प्रचार र विकास गरिनुपर्ने बताए । उनले भने, ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्ड भन्दा पनि सुन्दर छ । यहाँको प्रदेश सरकारले, नेपाल सरकारले खप्तडको विकास गर्नुपर्छ, हामी यसमा सहयोग गर्छौ ।’ पतञ्जलिले खप्तडलाई…

Read More

काठमाडौँ : चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका छन्। शनिबार (आज) साँझ मात्रै स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताएका हुन् । उनले भने, ‘सीमा विवादको विषयमा खुलेरै कुरा भयो। सीमा समस्या समाधानको उपाय खोज्न पर्‍यो, नभए नेपाल–भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नु भयो। सीमा समस्या समाधानबारे उहाँको प्रतिबद्धता छ।’ आफूले सीमा समस्या समाधान नभए नेपाल–भारत सम्बन्ध सहज नहुने बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको बताए।

Read More

धनगढी: शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ। जेठ २८ गते आइतबार धनगढीको जलशा होटल र महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो। अबको शिक्षा कस्तो हुनुपर्छ ? भन्ने विषयमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो।सो कार्यक्रममा स्कुलका चियरमेन इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रमसमेत छ। काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौंबाहिर जानुपर्ने बाध्यतालाई…

Read More

बेदकोट – कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सहमति भएको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारत सहमत भएपछि अब निर्माणको काम अघि बढ्ने भन्दै स्थानीय आशावादी बनेका छन् । ‘लामो समयदेखि सुक्खा बन्दरगाह चर्चामा मात्रै आइरहेको छ, अहिलेसम्म यसको केही काम अगाडि बढेको छैन’, दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय टीकाराम चन्दले भने, ‘नेपाल र भारतबीच निर्माणको सम्झौता भएपछि अब निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ ।’ सम्झौताअनुसार…

Read More

काठमाडौँ – भोलि (आइतबार)देखि संसद्मा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

Read More

काठमाडौँ : ४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रतिनिधिमण्डलको टोलीसहित जेठ १७ गते भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्। प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा…

Read More