Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरिरहेको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सशर्त वित्तीय हस्तान्तरणमा प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको जानकारी दिए । जसमध्ये प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब र ८९ करोड विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए ।

Read More

काठमाडौं – सरकारले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत क्षयरोगीको पहिचना गरिने उनले जानकारी दिए ।

Read More

काठमाडौं – सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत् संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गरिने बताए । उनले यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, पोखरी संरक्षण, पहिरो नियन्त्रण, लगायतका कार्यक्रम सञ्चालन गरिने प्रस्ट पारे । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन भएको छ। सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बजेटमा उल्लेख गरिएको छ। जल र जमिन संरक्षण गर्न बाँस रोपण, पोखरी, पहिरो…

Read More

काठमाडौँ । सरकारले २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकको रूपमा मनाउने भएको छ। अतिथि देव भव नेपाली संस्कृतिलाई झल्काउने गरी सरकारले पर्यटन दशकको रूपमा मनाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । सोमबार संसदमा बजेट भाषण गर्दै उनले यस वर्ष दस लाख पर्यटक भित्र्याइने बताएका छन् । उनले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न नेपाल घुमौँ अभियान सञ्चालन गरिने बताए। अर्थमन्त्री महतले पर्यटन प्रवर्द्धन गर्न हिमालय ट्रलको निर्माण गरिने र भूकम्पबाट प्रभावित पर्यटकीय क्षेत्रको पुन निर्माण कार्य सकाउने बताए ।

Read More

काठमाडौँ । सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै वन मन्त्रालयका लागि १५ अर्ब ५६ करोड रकम व्यवस्था गरेको जानकारी दिए ।

Read More

काठमाडौ – अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्न मन्तब्य दिईरहेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट सार्वजनिक गरिरहेका हुन । ‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ, न्यूनतम एक सय रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानूनी व्यवस्था गरिनेछ, अर्थमन्त्री महतले भने, ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ। विदेशी लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता तथा सीपयुक्त जनशक्तिको भिसा प्राप्ति प्रक्रियालाई सरल र लचिलो बनाइने छ।’

Read More

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौँ: सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।अर्थमन्त्री महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लागेको हो । मन्त्रिपरिषद बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने जानकारी दिइन् । प्रधानमन्त्रीसहितको टोली यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदैछ ।

Read More

काठमाडौँ: नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । बढ्दो मानवीय क्रियाकलापका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा वृद्धि हुन गई विश्वव्यापी रूपमा तापक्रम वृद्धि भएको हो । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशममलव एक डिग्री सेल्सियसले बढेको छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले वर्सेनि मानवीय र आर्थिक नोक्सानी व्यहोर्दै आएको छ । सन् १९९० देखि २०१९ सम्मको नेपालले उत्सर्जन गरेको हरितगृह ग्यासको प्रवृत्ति हेर्दा सन् २००० पछि हरित ग्यास उत्सर्जनको…

Read More