Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदुरपश्चिम पृतना हेड क्वाटरले लम्कीचुहा नगरपालिका वडा नम्बर –३ स्थित कर्णाली नदीमा मनसुन जन्य विपद् न्युनीकरण सम्बन्धि संयुक्त कृतिम अभ्यास सञ्चालन गरेको छ। उक्त अभ्यासमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, युएनडिपी, विश्व दृष्टि नेपाल लगायत संघ संस्थाको सहभागिता रहेको  थियो। अभ्यासमा नेपाली सेनाले बाढी तथा डुबानको समयमा फसेका व्यक्तिहरुलाई  मोटर डुङ्गा , रबरबोट र डोरीबाट खोज तथा उद्धार अभ्यास गरेको थियो। साथै खोचमा फसेका व्यक्तिहरुलाई क्यराविनको सहायताबाट कर्णाली पुलबाट झरेर उद्धार अभ्यास पनि गरिएको थियो। सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले नदीमा वेपत्ताहरुको खोज तथा उद्धार तथा नेपाल प्रहरीले समेत रबर बोटबाट अभ्यास…

Read More

काठमाडौं – प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी साढे ६ घन्टापछि भोलिका लागि सरेको छ । नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन । त्यसैले सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका छन् । नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एक सुत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा…

Read More

काठमाडौँ – सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैर जिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताए । सकेसम्म संसद्लाई सौहार्द बनाउने प्रयासमा आफूहरू रहेको उनको भनाइ छ । माओवादीका अर्का सांसद माधव सापकोटाले बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरू भएको उल्लेख गर्दै पशुपतिनाथको जलहरी लाउँदा…

Read More

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । शुक्रबार क्याम्पस प्रमुखको कोठामा प्राध्यापकहरूले तालाबन्दी गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको बताइएको छ । कर्मचारी समायोजनसहितका विषयमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकको गुनासो छ ।

Read More

काठमाडौँ – सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस अघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बेलुकी ६ बजेका लागि निर्धारण भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै बेलुकी ६ बजेका लागि बैठक तय भएको जनाएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको बैठकको समय ३ बजेका लागि तोकिएको थियो। तर, सहमति नहुँदा बैठकको समय पुनः ६ बजेलाई तय भएको हो। बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखिएको बताएपछि एमालेले आज संसद् अवरोध गरेको हो। एमाले सांसदले दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए। आज जेठ ५ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले…

Read More

धनगढीः धनगढीको कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। आज (शुक्रबार) क्याम्पसका प्रमुखको कोठामा प्राध्यापकहरुले ताला लगाएको जनाइएको छ। स्रोतका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई समायोजन नगरेर अलपत्र पारेको भन्दै तालाबन्दी गरिएको हो। कर्मचारी समायोजनसहितका कुराहरुमा विश्वविद्यालयले लापरबाही गरेको प्राध्यापकहरुको गुनासो छ। यस्तै क्याम्पसका केही एचओडी (विषय) विभाग प्रमुखहरुले आजै राजीनामा पनि दिएको बताइएको छ। तर स्वीकृत भने गरिएको छैन्। अहिले क्याम्पसका तालाबन्दीबारे छलफल जारी छ।

Read More

एजेन्सी: दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका थिए। एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए। ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुईरतीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो। तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ। प्रहरीले ढोका खोल्ने यात्रुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक अवरुद्ध जायज विषय भएको बताएका छन्। शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई च्यासलमा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका सांसदले आफूहरूमाथि लगाएको आरोप निराधार भएकाले संसद् अवरुद्ध जायज भएको बताए। ‘आज संसद् अवरुद्ध भइरहेको छ। अस्ति मात्रै माओवादी सांसदले कोभिडमा दुई अर्ब केपी ओलीले खायो। कहाँ गयो, पशुपतिमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार भयो भनेर बोले। आज त्यस विषयमा संसद अवरुद्ध छ, हुनैपर्छ संसद अवरुद्ध। यस्तो बकवास१ एउटा जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो बोलेर हिँड्दैन। आधारहीन, असत्य र जनतालदाई भ्रम चल्ने खालका आरोप, त्यसको कि पुष्टि हुनुपर्यो,…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता पठाएको हो । कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ । चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भएपनि शीतल निवासको निर्णयसँगै तत्कालका लागि यो सम्भावना सकिएको छ ।

Read More