Author: महेन्द्रनगर पोष्ट

विराटनगर: कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए ।

Read More

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाका विद्यालयमा निरीक्षण गर्न थालिएको छ । जनप्रतिनिधि तथा सरोकारवालाको टोलीले सामुदायिक विद्यालयहरुमा निरीक्षण थालेको हो । विद्यालयमा रहेका समस्या पहिचानका लागि नियमित अनुगमन गर्न लागिएको बताइएको छ । गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टका अनुसार आज वडा नम्बर २ र ३ का सामुदायिक विद्यालयहरुको भौतिक व्यवस्थापन, पठनपाठनको स्थिति र प्रशासनिक तथा शैक्षिक गतिविधिहरुको निरीक्षण गरिएको छ । पहिलो पटक शैक्षिक क्यालेण्डर जारी गरेको गाउँपालिकाले अहिले शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेको प्रवक्ता भट्टको भनाइ छ । अनुगमनमा गाउँपालिकाका प्रवक्ता, शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुखको सहभागी थिए ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एसइई दिएर बसेका विद्यार्थीहरूका लागि पौडी प्रतियोगिता आयोजना गरिएको छ । महेन्द्रनगरमा रहेको सार्क एजुकेशन फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो । भाँसी स्विमिङ पुलमा शनिवार आयोजित प्रतियोगितामा ६० भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि पौडीका अन्तर्राष्ट्रिय पौडीबाज अनिल चन्दले प्रतियोगिताको मूल्याङ्कन गरेका थिए । प्रतियोगितामा रमन चौधरी प्रथम, आयुष पाल द्वितीय र विकास भण्डारी तृतीय भएका थिए । उनीहरुलाई सुदूरपश्चिमका टिकटक स्टार अंश वर्माले पुरस्कार वितरण गरेका थिए ।

Read More

धनगढीः युवालय नामक संस्थाका अध्यक्ष सन्तोष महर्जनले युवाहरु जोश मात्र नभई होस भएका युवा भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामी युवाहरुलाई जोश भएका युवा भन्छौँ, हामी जोशसँगै होश भएका युवा हौँ, होश गुमाएका युवा होइनौँ,’ उनले भने । उनले युवाहरुमा जोश र होश दुबै भएकाले युवाहरुले आफ्नो उर्जाको प्रयोग सही ठाउँमा गर्नुपर्ने बताएका छन् । उनले अहिले नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै यो भेला युवाहरुका लागि एक अवसर पनि भएको बताए । महर्जनले आजको छलफललाई उपलब्धीमूलक बनाउनुपर्नेमा पनि जोड दिए । अहिले नीति…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अब प्रदेश सरकारले युवाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएका छन्। आइतबार धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्। उनले अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवाहरुलाई प्राथमिकता दिने बताए। उनले भने, ‘हामी आगामी वर्षको बजेट ल्याउँदैछौं। त्यसमा हामी युवाहरूलाई पहिलो प्राथमिकतामा राख्छौं। युवाहरूलाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट छ।’ यस्तै, उनले सुदूरपश्चिममा युवाहरूलाई राहदानी, पासपोर्ट होइन रोजगारी दिने वातावरण सिर्जना गर्ने बताए। सुदूरपश्चिमलाई समृद्ध बनाउने जिम्मेवारी युवा…

Read More

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउनेछन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

Read More

काठमाडौँ: कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकअघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश-१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागु गरेको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका-४ दैजीका १९ वर्षीय रोशन चौधरी र बेल्डाँडी गाउँपालिका-१ का २१ वर्षीय अर्जुन चौधरी रहेका छन् । उनीहरुको साथबाट ६.९२ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई एक युवतीले स्यानिटरी प्याड प्रदान गरेकी छन्। आज (आइतवार) धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा मन्त्री साउदलाई डोटीकी युवती स्वस्तिका खत्रीले प्याड प्रदान गरेकी हुन्। त्यसपछि मन्त्री साउदले त्यहीँ प्याड कार्यक्रममा ९ जना युवकलाई प्याड वितरण गरेका थिए। महिला मात्र नभएर पुरुषहरु पनि महिनावारीको सवालमा उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीले प्याड वितरण गरिएको बताइएको छ। मन्त्री साउदलाई स्वस्तिका खत्रीले प्याड उपहार दिएकी थिइन् । उनीबाट प्राप्त भएकै प्याड मन्त्रीले युवाहरुलाई दिएका हुन् ।

Read More

धनगढी: कैलालीको धनगढीमा अज्ञात व्यक्तिले स्मार्ट स्ट्रीटलाइट जडान गरिएको पोल नै भाचिदिएका छन्। धनगढी उपमहानगरपालिका ६ लेन सडक खण्डको बोराडाँडीमा हिजो राति मिडियममा लगाइएको लाइटको पोल कसैले भाचिदिएको मेयर गोपाल हमालले जानकारी दिएका छन्। आज उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निसान गाडीको सो-रूम अगाडि हिजो राति गाडिले विद्युतमा समेत क्षति गरि मिडियममा लगाएको स्मार्ट स्ट्रीट लाइटको एउटा पोल तोडेर फरार भएको हुँदा चिन्नुहुने आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले ०९१-५९०६९० र ९८४८८३८८९५ मा जानकारी गरि सहयोग गरिदिन हुन अनुरोध गर्दछु। साथै आ-आफ्नो घर अगाडि यस्ता क्रियाकलाप भएमा समेत जानकारी गरि सहयोग गर्न हुन सम्पूर्णमा आग्रह गर्दछु।’

Read More