Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ। यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत लगानीमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका छन्। एक वर्षको आफ्नो तलब सुविधा र त्यसमा केही रकम आफूले थप गरेर १० लाख रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गर्ने मेयर हमालले बताएका छन्। मेयर हमालले कक्षा ८ को वार्षिक परीक्षामा एकजना विद्यार्थी उत्तीर्ण नभएका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक गुणस्तर सुधारबारे छलफल गरेका थिए। प्रधानाध्यापकहरूले विपन्न विद्यार्थीले शैक्षिक सामग्री नपाउनाले पठनपाठनमा समस्या हुने गरेको र यसले शैक्षिक गुणस्तर सुधारमा समस्या भइरहेको बताएका थिए। ‘कमजोर नतिजा आएका विद्यालयका प्रधानाध्यापक,…

Read More

काठमाडौंः स्यानेटरी प्याडभित्र लुकाएर लागूऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी झापामा पक्राउ परेका छन्। काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्यालाई शुक्रबार पक्राउ गरेको हो। सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम ब्राउनसुगर तस्करी गर्न लागेको प्रहरीले जनाएको छ। उनीहरु विमानस्थलको चेकिङमा परेका थिए। हैटौंडा घर भएका दुबै जना बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेको बताइएको छ। उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनीहरुको साथबाट उक्त ब्राउनसुगर, नेपाली नागरिकताको प्रमाणपत्र र एउटा मोबाइल बरामद गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बर्दियाको राजापुर नगरपालिका–६ जोगीपुरका २६ वर्षीय राजाराम थारु र २२ वर्षीय शनीराम थारु समातिएका हुन्। अस्ति राति ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीका विभिन्न स्थानहरुमा प्रहरीले गाँजा नष्ट गर्ने अभियान थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले गाँजाका बोट नष्ट गर्न थालेको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले धनगढी उप–महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा उम्रिएका गाँजाका बोट नष्ट गरिरहेको जनाएको छ। सो क्रममा करिव ढाइ बिगाहा क्षेत्रमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ। उक्त अभियानमा प्रहरीलाई दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलाली, ग्रिन क्लिन केएमसी क्लव, राष्ट्रिय गोजुरियो कराते, स्थानीय सर्वसाधारण आमा समूह र युवा संघ संस्थाहरुको सघाएका छन्।

Read More

धनगढीः अमेरिकी राजदूत थम्पसनले शुक्लाफाँटाको भ्रमण गरेका छन्। आज नेपालका लागि अमेरिकी राजदूत थम्पसनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन्। भ्रमणपछि उनले भारत र नेपालमा रहेको ५० हजार कालो हरिणहरूमध्ये नेपालमा ३२८ मात्रै रहेको र हरिण संरक्षणमा सहयोग गर्ने जनाएका छन्। राजदूत थम्पसनसँग युएसएआइडीका निर्देशक, सेपिडे केभन्शाड पनि भ्रमणमा थिए। कालो हरिण संरक्षणमा सहयोग पुर्‍याउन जैविक विविधता गतिविधिहरू अवलोकन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गरिएको उनीहरुको जिकिर छ।

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको छ। बिहीबार बेलौरीबाट खटिएको टोलीले विद्यानगरबाट बोइलर कुखुरा बरामद गरेको हो। प्रहरीले बेवारिसे अवस्थामा विद्यानगरबाट करिब १ सय ३० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेक जनाएको छ। बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट चोरी तस्करीको माध्यमबाट कुखुरा तथा चल्ला भित्रिने गरेका छन्। यसले मारमा परेको दुखेसो नेपाली कुखुरा पालन व्यवसायीको छ।

Read More

धनगढीः भवन निर्माणसम्बन्धी भुक्तानीका लागि घुस लिने नेपाल प्रहरीका नायब निरीक्षक विनोद विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापाल पदमा कार्यरत रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बानेश्वरको हंगर हव रेस्टुरेन्टबाट पक्राउ गरेको हो। ५० हजार नगद र एक लाख ५० हजारको चेकसहित उनी पक्राउ परेका आयोगले जनाएको छ। प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका हुन्।

Read More

धनगढीः संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ। केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए। हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो। संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो। प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए। उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए। हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए। हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Read More

धनगढीः भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री रञ्जिता श्रेष्ठ भैरहवा गएकी छन्। उनी श्री एयरको उडानबाट भैरहवा पुगको बताइएको छ। मन्त्री श्रेष्ठ बिहान पौने ९ बजे काठमाडौँबाट भैरहवा प्रस्थान गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन स्रोतले जानकारी दिएको छ।

Read More