धनगढी: पत्नी कुटेर सिकिस्त बनाउने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। बिहीबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो। केही समय अगाडि श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक भट्टलाई प्रहरीले पक्राउ गरेको थियो। गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। उनी मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत हुन्। घरायसी विवादका क्रममा उनले पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। घुससहित पक्राउ परेका सई बुढाथोकीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। बुढाथोकीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो। उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको…
काठमाडौं: नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो। गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका ३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ का बुद्धिमान तामाङ छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी…
टीकापुर: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। विश्वविद्यालयको बाह्रौँ सिनेट बैठकले गरेको निर्णयअनुसार स्नातकोत्तर कक्षा सञ्चालनको तयारी भएको हो। कृषि विज्ञान सङ्कायका डिन डा. विष्णुविलास अधिकारीले यसवर्ष बाली विज्ञान विषय र आउँदो वर्ष क्रमशः बागवानी, कृषि अर्थशास्त्र, पशु विज्ञान, बाली संरक्षण, प्रसार शिक्षा, बाली प्रजनन, माटो विज्ञान आदि विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको बताए।
धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार मृतक बाजुराको बढीमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्मराज खत्री हुन्। खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक समेत हुन्। प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलका सवार उनकी केटी साथी (डोटी घर भएकी स्वास्थ्यकर्मी) २५ वर्षीया शर्मिला थापा भने घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुपप्र ०१२प९४१६ नम्बरको मोटरसाइकलमा र…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम ९ जिल्लाको भेला सकेको छ। २८ मंसिरदेखि १० पुससम्म भएका भेलाले नयाँ नेतृत्व चयन गरेको छ। जिल्ला भेलाबाट कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपालसिंह कोट्यारी, बाजुरामा नवराज जैशी, अछाममा ओमप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेलधुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भीम नाथ र कञ्चनपुरमा पदमबहादुर विष्ट सभापति बनेका छन्। प्रदेश कार्यसम्पादन समितिको २७ मंसिरमा बसेको निर्णय अनुसार जिल्ला भेला गरेर नयाँ नेतृत्व चयन गरेको रास्वपाका सुदूरपश्चिम महामन्त्री सन्तोषराज जोशीले जानकारी गराए। २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले जिल्ला भेला गरिरहेको छ।
धनगढी: कञ्चनपुरमा एक युवक मृत भेटिएका छन्। डडेल्धुराको पर्शुराम नगरपालिका–७ का ३२ वर्षीय तिर्थराज धानुक मृत फेला परेका हुन्। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा मृत फेला परेका हुन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढी : बैतडीमा खोप लगाएको बालकको मृत्यु भएको छ। बालकको मृत्युले अभिभावक आन्दोलित भएका छन्। बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका हुन्। जिल्ला प्रहरी कार्यालय, बैतडीले डिलासैनी गाउँपालिका– २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका जानकारी दिएको छ। बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका–३ को सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो। दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो। राति ¥याल र…
धनगढी: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितीविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ। माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितीविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो। माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै खबरदारी सभाबारे जानकारी दिएको छ। सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवंम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणी पोखरेलले जानकारी दिए। पोखरेलले खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितीको भण्डाफोर गरिने बताए । सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई छानीछानी षड्यन्त्रपूर्वक विभिन्न खालका…
धनगढी: कैलालीमा खेल्ने भन्दै घरबाट एकसाथ निस्किएर बेपत्ता भएका चार जना बालक फेला परेका छन्। भजनी नगरपालिका–७ चर्राका १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी बुधबार दिउँसो खेल्न भन्दै घरबाट साइकलमा निस्किएका थिए। दिउँसो २ बजे घरबाट गएका उनीहरु राति साढे ९ बजेसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थियो। इलाका प्रहरी कार्यालय भजनी, प्रहरी चौकी पृथ्वीपुरका १० जना प्रहरी र ३५ जना स्थानीयले रातभर उनीहरुको खोजी गरे। तर कतै पनि फेला नपरेपछि राति १ बजे खोजी कार्य स्थगीत गरिएको थियो। पुनः बिहीबार बिहानैदेखि उनीहरुको खोजी थालिएको थियो। बिहीबार भने…