Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नौबहिनि गाउँपालिका-६ बाहाने बजार नजिक घुम्तीमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु.१ ज १५४५ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । आइतबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय लुकेश थापा समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ भने अन्य १० जना उपचार पश्चात डिस्चार्ज भएका छन्। ईलाका प्रहरी कार्यालय लुङ्बहानेबाट खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुको साथै…

Read More

काठमाडौं – लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका-४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेक गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम छ सय २० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए। लागुऔषधसहित रु २६…

Read More

काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँड भएको हो । लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन…

Read More

काठमाडौं – विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार दिउसो ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्। पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार दल दर्ता गर्न दस्ताबेज तयार गर्नेजस्ता काम भएका छन्। आजै दल दर्ता गर्न निर्वाचन आयोग जाने उनले बताए । आइतबार विवेकशील साझाले अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीववल्लभ भट्टराईलाई चयन गरेको थियो। अध्यक्षबाट रवीन्द्र मिश्रले दिएको राजीनामा पनि स्वीकृत भएको थियो। विवेकशील साझाले आइतबार केन्द्रीय समिति बैठक गरे पनि पार्टीले लिने विचारबारे भने कुनै निर्णय लिइसकेको छैन। मिश्र अध्यक्ष हुँदा ‘विचारभन्दा माथि…

Read More

काठमाडौं – सिसडोल-बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौँ उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् । दुबै ल्ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णयसँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति धादिङ–नुवाकोटका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । उनले सिसडोल–बञ्चरेडाँडा ल्यण्डफिल साइट प्रभावित कोल्पुखोला आधारक्षेत्रका नागरिकको जिउधन…

Read More

काठमाडौं – राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही बेर अघि सुरु भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् । यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरूबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले बताए । बैठक सोमबार र मंगलबार पनि बस्नेछ ।

Read More

पोखरा – गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन । तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरिक्षण गर्नेछिन । सो अघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्‍याली प्रदर्शन गर्नेछन भने र सो र्‍यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ । गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धूमधामका साथ ट्होटें…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । डा.भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रूपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।

Read More

दार्चुला – दार्चुलाका स्थानीय तहहरुमा असुल गर्नुपर्ने बेरुजु रकम झण्डै १ करोड ८ लाख पुगेको छ । महालेखाको प्रतिवेदन अनुसार दार्चुलाका पालिकाहरुमा आर्थिक बर्ष २०७७/७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम १ करोड ७ लाख ९५ हजार पुगेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु छ भने सबैभन्दा कम नौगाड गाउँपालिकामा ११ हजार बेरुजु रकम रहेको छ । यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकामा १८ लाख ३२ हजार, शैल्यशिखर नगरपालिकामा १७ लाख ३६ हजार, व्याँस गाउँपालिकामा १७ लाख ६ हजार र महाकाली नगरपालिकामा ५ लाख ८९ हजार असुल गर्नुपर्ने बेरुजु रहेको छ…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको छ । आइतबार साँझ विज्ञप्ति जारी गर्दै उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउदै नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभा फिर्ता पठाइएको हो ।

Read More