Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आज क्याम्पसमै पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववियुले प्रतिबद्धता जारी गरेको हो। चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार कुबेर खड्का लगायतको टिमले प्रतिबद्धता जारी गरेको हो। प्रतिबद्धता जारी गर्दै सभापति उम्मेदवार खड्काले विद्यार्थीको हक हित र गुणस्तरीय शिक्षाका लागि विगत देखी नै आवाज उठाइरहेको भन्दै आफ्नो सम्पूर्ण टिमलाई विजयी गराउन अपिल गरे। अनेरास्ववियुले जारी गरेको प्रतिबद्धता पत्रमा क्याम्पसमा डिजिटल डिस्प्ले र डिजिटल सूचना बोर्ड राख्न पहल गर्ने, सबै कक्षा कोठामा एसी र हिटर जोड्न पहल गर्ने, छात्र र छात्राका लागि होस्टेलको…

Read More

धनगढीः कैलाली जिल्ला कतारे सङ्घको अध्यक्षमा ललित खत्री चयन भएका छन्। कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको हो। कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन्। त्यस्तै सदस्यमा बवरजगं शाही, आशाराम चौधरी, खुसीराम चौधरी, अशोक चौधरी, माला कार्की, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन्। यस्तै प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो। अध्यक्षमा चयन भएपछि खत्रीले खेलाडीको क्षमता विकास र खेलाडीको हकहितमा काम गर्ने…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारलाई झुक्क्याएको आरोप लागेको छ। मुख्यमन्त्री शाहको सचिवालयले पत्रकार सम्मेलन भन्दै बोलाएर झुक्क्याएको आरोप लागेको हो। बुधबार दिउँसो ४ बजे धनगढीका पत्रकारहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाँकेको थियो। मुख्यमन्त्रीको सचिवालयले धनगढीका कुनै पनि पत्रकार नछुट्नेगरी बोलाइदिन आग्रह गरेपछि पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले सबैलाई खबर गरेका थिए। पत्रकारलाई बोलाउनुको प्रयोजन नखुलाइएको भएपनि धनगढीका पत्रकारहरु दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। तर त्यहाँ मुख्यमन्त्री कमलबहादुर शाह पत्रकार प्रतिक्षा गरेको सभाहलमा नआएपछि उनीहरु तितरवितर भएका छन्। करीब पौने घण्टा मुख्यमन्त्रीलाई कुरेर बसेका पत्रकारहरु उनी केही घण्टा ढिलोगरी भेटघाट गर्ने सूचना पाएपछि रिसाउदै…

Read More

बैतडीः सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण कार्यले गति लिएको छ। निर्माण शुरु भएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो। आर्थिक वर्ष २०५५।०५६ सालमा यो सडकको शिलान्यास गरिएको थियो। शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकार आएपछि यो सडकले गति लिएको हो। प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रूपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ। हाल सडकको स्तरोन्नतिअन्तर्गत कालोपत्रे गर्ने काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीका निमित्त प्रमुख जंगबहादुर थापाले बताए। यो सडकको सतबाँझदेखि साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएर काम भइरहेको हो। उनले…

Read More

धनगढी: कैलालीको धनगढीबाट काठमाडौंका लागि उडेको जहाज फिर्ता भएको छ। आज (मंगलवार) काठमाडौंका लागि उडान भरेको वुद्द एअरको जहाज बाँकेस्थित बर्दियाको आकाशबाट फिर्ता भएको हो। ७:३५ को फ्लाइट भएपनी केही समय ढिलोगरी उडेको वुद्दको २५६ नम्बरको जहाजले ८:४५ मा धनगढीबाट उडान भरेको थियो। तर, खराब माैसमका कारण धनगढीबाट काठमाडौंका लागि उडेकाे बुद्ध एअरकाे विमान पुन: बाँकेकाे आकाशबाट धनगढी नै फर्किएर आकस्मिक अवतरण भएकाे विमानस्थल स्रोतले जनाएको छ। मौसम खराबीले त्यहाँबाट अगाडि छिर्न नसकेपछि फिर्ता आएर धनगढी विमानस्थलमै अवतरण गरिएको बताइएको छ। सो जहाज अब भोलि बिहान सवा ६ बजे उड्ने छ।

Read More

धनगढी: नेकपा एमालेको मिसन ग्रासरुट देशैभर जारी छ। सोही क्रममा सोमवार कैलालीको कैलारी गाउँपालिका ६ मा आज टोल भेला सम्पन्न भएको छ। उक्त टोल भेलाले खोजराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको बताइएको छ।

Read More

धनगढी: नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत धनगढीमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सोमबार सकिएको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए । जोशीकाअनुसार सोमबार धनगढीको वडा नम्बर १५,१८ र १९ मा अभिमुुखीकरण सकिएसँगै पहिलो चरणको अभियान सकिएको हो । अब मंगलबार (भोलि) पहिलो चरणको कार्यक्रमको समिक्षासहित नगरस्तरीय जनसंगठनको अभिमुखिकरण कार्यक्रम राखिएको छ भने दोस्रो चरणको अभियान अन्तरगत वडा, टोल कमिटि र सेल कमिटीसहित घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार कार्यक्रम अन्तरगत फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ ।सुदूरपश्चिमको राजधानी…

Read More

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अनेरास्ववियुका विद्यार्थीले जेब्रा क्रसिङ बनाउने अभियान थालेका छन्। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा राखिएका पैदल मार्गमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियु कैलाली र धनगढी नगर कमिटिले सोमबारदेखि जेब्रा क्रसिङ बनाउन थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीसँगको समन्वयमा सोमबार धनगढीको नेपाल पुलिस स्कुल अगाडि जेब्रा क्रसिङ बनाउने काम सुरु भएको अनेरास्ववियुका नगर अध्यक्ष नितिश जोशीले बताए। उनकाअनुसार ६ लेन सडक खण्डमा पैदल यात्रीहरुले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण पैदल मार्गमा जेब्रा क्रसिङ बनाउन अनेरास्ववियुले काम थालेको हो। विद्यार्थी संगठनले ढुंगामुढा वा आन्दोलनका कार्यक्रम मात्र नभएर रचनात्मक काम समेत गर्छन् भन्ने सन्देश दिन पनि…

Read More

धनगढी : भारतको खटिमामा भर्खरै दुर्घटना भएको छ। खटिमाको न्योरियामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। भारतीय प्रहरीका अनुसार मोटरसाइकलमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। ५ मध्ये २ जना खटीमा इस्लामनगरका बासिन्दा हुन्। उनीहरुको मृत्युपछि गाउँमा शोकमा डुबेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ।

Read More

अमर खत्री, दार्चुलाः दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। हिजो जिल्लाको दुहुँ गाउँपालिका ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम पक्राउ परेका हुन्। उनले गत शुक्रबार राती १९ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेको आरोपमा समातिएको दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगतगाहा मगरले बताए। उनका अनुसार बमलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि फागुन २६ गते राती घरमै गएर युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनसन्धान भइहरेको प्रहरी निरीक्षक मगरले बताए। घरमा कोही नभएको मौकाछोपी बमले रातिको समयमा घरमै आएर जबरजस्ती करणी गरेको आरोप छ।…

Read More