Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकाे सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेकाे बताएका छन्। समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेकाे दाबी गरे। खनालले भने, ‘अहिलेकाे गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्ताे केही सम्भावना देखिरहेकाे छैन्,’राष्ट्रपतिकाे निर्वाचनकाे हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने उनकाे भनाइ छ। ‘राष्ट्रपतिकाे निर्वाचन भनेकाे महत्त्वपूर्ण एजेन्डा हाे। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडाे दुरदर्शिताका साथ संविधानकाे मर्म, हामीले स्थापित गरेकाे लाेकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो…

Read More

धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्। मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। हिजो देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। हिजो पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्। पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ। भोलि प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ। प्रशिक्षणमा प्रशिक्षार्थीहरुको परिक्षा समेत लिइने र उत्तीर्ण हुनेहरुले जिल्लास्तरमा प्रशिक्षण दिने छन्।

Read More

धनगढी: कंचनपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी कार्यक्रमस्थल नजिकैबाट १३ जना युवा समातिएका छन्। सोमवार महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई पनि प्रहरीले समातेको छ। पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्। बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा…

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षणका लागि कैलाली पुगेका हुन। दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए। उनले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन्। त्यसपछि नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन्। यस्तै आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने…

Read More

टेकसिंह धामी, धनगढी: सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि नागरिक उन्मुक्तिको साथ खोजेका छन्। त्यसका लागि माहोल बनाउन मुख्यमन्त्री नियुक्त भएपछि शाहले सक्रियता बढाएका छन्। स्रोतका अनुसार मुख्यमन्त्री शाहले आज (आइतवार) मात्रै नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई भेटेका छन्। शाहले डिल्लीबजार कारागार पुगेर टीकापुर घटनामा दोषी प्रमाणीत भएर जेल जीवन बिताइरहेका चौधरीलाई भेटेका हुन्। मुख्यमन्त्री शाहले चौधरीसँग सामान्य भेट भएको र समसामयिक राजनैतिक परिस्थितिबारे कुराकानी भएको बताएका छन्। यसअघि शनिवार मुख्यमन्त्री शाहलेजानकी गाउँपालिका–९ स्थित चौधरीको घरमा पुगेर रेशमको रिहाइका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए। त्यहाँ उनले रेशमकी आमा शनिबार बिहान चौधरीकी आमा सुनफीदेवीलाई भेटेका…

Read More

धनगढी: गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । पत्रकार समेत रहेका लोकराज पाण्डेको संयोजकत्वमा गठित राष्ट्रिय चिकित्सा विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । गेटा मेडिकल कलेजमा आइतबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले मेडिकल विश्वविद्यालय निर्माणका लागि दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाउन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका उपसंयोजक आनन्द भट्टले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्न सरकारलाई दबाब दिने उद्देश्यले गठन गरिएको संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत नै ज्ञापन बुझाउन लागेको जानकारी दिए । उनकाअनुसार सोमबार धनगढी…

Read More

धनगढी: सरकारले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। तत्कालिन नेकपा माओवादीले वि.सं. ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरेको थियो। सोहीअवसर पारेर सरकारले सार्वजनिक बिदा दिने गरेको छ। माओवादीले सुरु गरेको जनयुद्ध ५ मंसिर ०६३ मा सरकारसँग शान्ति सम्झौता गरेर रोकिएको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाण्डौँ गएका छन्। उनी आइतवार बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास पुगेका हुन्। मुख्यमन्त्री शाह र पार्टी सभापति देउवा बीच आइतवार बिहान भेटवार्ता भएको छ। सभापति देउवा निवास धुम्बाराहीमा उनीहरु बीचमा राजनीतिक छलफल भएको हो। मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक काठमाडौं गएका शाहले देउवासँग भेट गरेका हुन्। मुख्यमन्त्री शाहले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँगसमेत भेटवार्ता गरेका छन्। नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी शनिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका थिए। शनिवार नागरिक उन्मुक्ति पार्टी…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्। आज (आइतवार) समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे।’उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतीका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ।’ यस्तै अध्यक्ष नेपालले रेशमलाई रिहा गर्न सरकारसंग पनि आग्रह गर्ने बताए।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) सुदूरपश्चिम आउने भएका छन्। सोमवार प्रचण्ड कैलाली र कंचनपुर आउन लागेका हुन्। सोमवारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेको बताइएको छ। उनले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। उनी सोमवार बिहान धनगढी पुग्ने छन। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। उनी सोमवार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छ। १२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। उनले सोमवार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।

Read More