नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका छन् ।
बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटलमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसिरहेका छन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।
Facebook Comments Box