काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार थप चार जना प्रतिवादीको बयान लिइएको छ ।
प्रतिवादीहरू गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो । उनीहरूको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिइएको हो।
शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने आइतबार प्रतिवादी टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो। यस प्रकरणमा पक्राउ परेका १७ जना मध्ये १२ जनाको आजसम्म बयान सकिएको छ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरीएपनि १३ जना अझै फरारको सूचीमा छन् ।
Facebook Comments Box