Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरबार कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’ आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए । सभामुखले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको…

Read More

काठमाडौँ – मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट दुई वटा पेस्तालसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतबार स्थानीय २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्यागजीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्रेको हो। आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ। धिमालले प्रयोग गरेको को २२ प…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदीप गिरिको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् । “समाजवादमा प्रदीपजीको गहिरो निष्ठा थियो । पार्टीलाई सिद्धान्त र आदर्शलाई हुबहु अपनाउन प्रेरित गर्नुहुन्थ्यो । प्रदीप गिरिको नीति भनेको कांग्रेसको मौलिक नीति हो । निमुखालाई न्याय अनि विपन्नलाई आय दिने र पार्टीलाई समावेशी बनाउने उहाँको धारणा थियो । सामाजिक न्याय, भूमिसुधार, किसानलाई राहत दिने कुरामा प्रदीपजी र मेरो धारणा मिल्थ्यो । आगामी दिनमा प्रदीप गिरिजस्ता साथीहरुको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता…

Read More

काठमाडौं – टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य…

Read More

कञ्चनपुर – कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा पुरुष ९५ र महिला २० कैदी बन्दी राख्ने क्षमता रहेको छ । कारागारमा अहिले २० महिला सहित चार सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागू औषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् । क्षमताभन्दा बढी कैदी बन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदी बन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदी बन्दीले पालो मिलाउँदै आएका जनाइएको छ । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको…

Read More

काठमाडौं – नेपालपछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको परीक्षण गर्दा २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा ४७९ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६४८ पुगेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गरे । शनिबारराति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो । उनी लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित थिए ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक बीच भेटघाट भएको छ । आइतबार काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, र समग्र शान्ति सुरक्षाको सम्बन्धबारे छलफल भएको हो । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा  भेटघाट तथा छलफल कार्यक्रममा फोहोर व्यवस्थापनबारे छलफल भएको हो ।

Read More

काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाइने बताएका छन्। आइतबार ललितपुरको होटेल हिमालयमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्न खोज्नेलाई कारबाही गर्ने बताएका हुन्। यसका लागि सरकारले पनि आवश्यक बन्दोबस्ती गर्न भनेको बताए। यसअघि भएका चुनावहरूमा बिथोल्नेहरूलाई कारबाही गर्ने पद्धति अवलम्बन नगर्दा समस्या आएको उनले बताए। यसलाई नियमन गर्न निर्वाचन आयोगमा पनि छुट्टै समिति बनेको र छलफल गरिने पनि उनले बताए। यस्तै निर्वाचनको सुरक्षा अभावका कारण मतदान रोकियो, पुनस् मतदान गर्नुपर्ने अवस्था आयो भने कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए। त्यसैले सरकारबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता…

Read More

डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दीपायलबाट डडेल्धुरा आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप स्याउलेभन्दा तल ऐरी गाउँ मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल र नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त उप्रेती रहेका छन् । यस्तै गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल र जनक मल्ल पनि घाइते भएका…

Read More