धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र एडिबीका हाकिमबीच भेटवार्ता भएको छ । भेटमा प्रदेशको विकासका विषयमा छलफल भएको बताइएको छ ।
एसियाली विकास बैंकका नेपालका लागि कन्ट्रि डाइरेक्टर अर्नाउड कौकोइस, बिहीवार प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवा, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र एसियाली विकास बैंकका कर्मचारीहरुबीच बैठक तथा छलफल भएको हो ।
प्रदेशको पूर्वाधार विकास र जनताको जीवनस्तरलाई उकास्न एडिबीले सहयोग गर्ने प्रतिबद्धता गरेको छ । मुख्यमन्त्रीले पनि समन्वय गर्ने जनाएका छन् ।
छलफलमा एसियाली विकास बैंकले धनगढी उप–महानगरपालिकामा सञ्चालन भइरहेको सडक निर्माणका कार्यक्रमलाई २ वर्ष थप गर्ने बैंकका नेपालका लागि कन्ट्रि डाइरेक्टर अर्नाउड कौकोइसले प्रतिबद्धता जनाएको बताइएको छ ।
साथै सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरु अन्तर्गत पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल बिस्तार आदि क्षेत्रहरुमा आवस्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाएको बताइएको छ ।