Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ। धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको हो। धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन्। चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ। रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ। किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन्। चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलक प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन्। किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गर्न भनिएको छ। कसरी…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने तीन सहकारीका अध्यक्षहरू रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी मङ्गलवार पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले बुधवार थुना मुक्त गरेको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीमा उनीहरूका विरुद्धमा ठगीको उजुरी नपरेपछि छोडिएको हो। जिल्ला प्रशासनमा पीडितहरूले उजुरी दिने बताएपछि प्रहरीमा उजुरी नपरेको कैलाली प्रहरीले बताएको छ। किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको उनीहरूको विरुद्धमा ठगी मुद्‍दा चलाउन सकिने भएपनि उजुरी नपरेपछि समस्या भएको हो। माओवादी केन्द्रको…

Read More

धनगढी : गरिमा विकास बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक हर्क बहादुर धामीले बुधबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई रु ५० हजारको चेक हस्तान्तरण गरे । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरिएको शाखा प्रबन्धक धामीले जानकारी दिए ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा ज्येष्ठ नागरिक मन्त्री ओम विक्रम भाट सरलले लागू औषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् । कैलालीको टिकापुरमा आयोजित ‘बहुमूल्य स्वास्थ्य मेरो स्वास्थ्य’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भाटले लागू औषधका कारण प्रदेशमा ठूलो समस्या पैदा भएको भन्दै प्रदेश सरकार त्यसविरुद्ध लागिरहेको बताए । उनले परिवारबाटै यस विषयमा सचेतना फैलाउन आवश्यक रहेको जनाए । ‘लागु औषध दुर्व्यसनीका कारण पुरै पुस्ता सकिने खतरा बढेको छ हामीले यसलाई नियन्त्रण गर्नु पर्छ’ उनले भने ‘प्रदेश सरकार यस विषयमा गम्भीर छ तपाइहरू पनि आफ्नो ठाउँबाट लागु औषध विरुद्धको अभियानमा सरिक हुनुहोस् ।’ सामूहिक रुपमा अभिभावक, शिक्षक…

Read More

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भाेलि प्रधानमन्त्रीले विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई निर्देशन दिएका हुन् ।  कांग्रेसले भोलि प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुने र तटस्थ नरहन पनि सांसहरुलाई स्पष्ट निर्देशन दिएको छ। ‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ’, लेखकद्वारा जारी…

Read More

काठमाडौं : २०८० साल भाद्र ३ गतेदेखि नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ। तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३ हजार एक सय ३३ जना पुरुष तथा ७ सय ५४ जना महिला गरी ३ हजार ८ सय ८७ जना सैन्यहरू दीक्षित भएका छन्। नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए। त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा…

Read More

काठमाडौं : कञ्चनपुरमा असार २३ र २४ गते भएको अहिलेसम्मकै रेकर्ड वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि आज बिहान कञ्चनपुर प्रस्थान गरेको हो । महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र, त्यहाँ राखिएका उपकरणका ठिक अवस्थामा भए/नभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्ने छ । कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो । असार २४ गते मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको…

Read More

रौतहट: रौतहटमा आँप टिपेको विषयमा विवाद योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए । बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

Read More

धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ चुटकि बजार नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन्। उनीहरुबाट ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More