Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक बीच भेटघाट भएको छ । आइतबार काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, र समग्र शान्ति सुरक्षाको सम्बन्धबारे छलफल भएको हो । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा  भेटघाट तथा छलफल कार्यक्रममा फोहोर व्यवस्थापनबारे छलफल भएको हो ।

Read More

काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाइने बताएका छन्। आइतबार ललितपुरको होटेल हिमालयमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्न खोज्नेलाई कारबाही गर्ने बताएका हुन्। यसका लागि सरकारले पनि आवश्यक बन्दोबस्ती गर्न भनेको बताए। यसअघि भएका चुनावहरूमा बिथोल्नेहरूलाई कारबाही गर्ने पद्धति अवलम्बन नगर्दा समस्या आएको उनले बताए। यसलाई नियमन गर्न निर्वाचन आयोगमा पनि छुट्टै समिति बनेको र छलफल गरिने पनि उनले बताए। यस्तै निर्वाचनको सुरक्षा अभावका कारण मतदान रोकियो, पुनस् मतदान गर्नुपर्ने अवस्था आयो भने कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए। त्यसैले सरकारबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता…

Read More

डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दीपायलबाट डडेल्धुरा आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप स्याउलेभन्दा तल ऐरी गाउँ मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल र नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त उप्रेती रहेका छन् । यस्तै गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल र जनक मल्ल पनि घाइते भएका…

Read More

काठमाडौँ- नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।बैठकले ५, ६ र ७ भदौ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले…

Read More

काठमाडौं – सप्तरी सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ। नेपालबाट अवैध रूपमा लुकाई भारत तर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाको आधारमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए । उनले भने,झ पछिल्लो समय प्रदेश न. १ को…

Read More

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो । प्रत्यक्षदर्शीका…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् । क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक…

Read More

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने छ । मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग कुरा गर्न सकिने मन्त्रालयले जानकारी दिएको…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ । जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९(२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ । पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।

Read More

काठमाडौं – आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९५ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँमा कायम भएको छ । गत सातामा सुनको मूल्यमा कुल १८०० रुपैयाँले गिरावट आएको थियो | साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कायम भएको छ ।

Read More