Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमा हुने भएको छ । जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले निर्वाचनमा खटिने कर्मचारीलाई दुर्घटना बीमा बापत २० लाख रूपैयाँ उपलब्ध गराउने भएको हो। ललितपुरमा आयोजित निर्वाचन बिट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेलले जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम भइसकेको बताए। उनका अनुसार निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन भएको कर्मचारी हुनेछन् पौडेलले मुख्य निर्वाचन अधिृकतमा जिल्लामा न्यायाधीश खटाइने बताए। ७७ जना जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतमा ( न्याय सेवाका रा.प द्धितिय श्रेणीका कर्मचारी…

Read More

काठमाडौं – कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन भन्दै सिंहदरबार प्रवेश गर्ने सबै गेटमा पर्चा बाडिँदैछ । संयुक्त ट्रेड युनियन सञ्जालद्वारा घोषणा गरिएका आन्दोलनका कार्यक्रममध्ये आज(आइतबार) बिहान ९ बजेदेखि १०ः३० बजेसम्म सिंहदरवार गेटमा पर्चा बाँड्न सुरु गरेको हो । संघीय निजामती सेवा ऐन सम्बद्ध सबै कर्मचारी, सेवाग्राही र ट्रेड युनियनमैत्री बनाउन दबाब स्वरूप पर्चा वितरण गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनको खबरले स्तब्ध भएको बताएका छन् । आइतबार बिहान ट्विट गर्दै देउवाले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका हुन् । उनले लेखेका छन्, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा ५७७ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६२५ पुगेको छ।

Read More

एजेन्सी – ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ ।  वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो । एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । स्रोतका अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहेका छन् । यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीर कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहेका छन् ।

Read More

बारा – बाराको कलैया उपमहानगरपालिका-२० बाट दुई जना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो । भरतको बिहारबाट नेपाल आएको बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया-१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पिठ्युमा बोक्ने झोलाभित्र लुकाईछिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६-६ सय थान र नाइट्राभेट-१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लागूऔषध…

Read More

भोजपुर– बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरूपमा खेती गरे पनि व्यावसायिकरुपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् । परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन् । कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउँछन् । विगतका वर्षमा धेरै किसानले खेती…

Read More

काठमाडौं – नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताउनुभयो । नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।” दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो । एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताउनुभएको हो । जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताउनुभयो । मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उहाँले बताउनुभयो । संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाउनुभएको…

Read More