धनगढी: बाजुरामा भिरबाट लडेर घाइते भएकी किशोरीको मृत्यु भएको छ। शनिबार साँझ घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएकी गौमुल गाउँपालिका-५ की १४ वर्षीया विषु रोकायाको उपचारका क्रममा मृत्यु भएको हो।
रोकायाको उपचारकै क्रममा स्थानीय घट्मुना आधारभूत अस्पतालमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Facebook Comments Box