Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संविधान, संघीयता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार विरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने माग सहित काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । वन क्षेत्रमा योगदान पुराउने सामुदायिक वन उपभोक्ताहरूलाई मारमा पार्नेगरि नियमावली ल्याएकाले निरन्तर विरोध गर्नुपरेको महासंघकी अध्यक्ष भारती पाठकले बताए । सामुदायिक वन उपभोक्ताको अधिकारी कटौती भएको विषयमा पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि नसुनिएको उनको भनाई छ । उक्त नियमावली तत्काल खारेज गराउनका लागि सामुदायिक वन उपभोक्ता महासंघले जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ । सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ । तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।

Read More

काठमाडौं – मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो। एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ।

Read More

काठमाडौं – नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरूलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौँ,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरूले सल्लाह गरौँला भन्नुभएको छ ।’ भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर…

Read More

काठमाडौं – संघीय सरकार मातहतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका अब मुलुकभरका सातै वटा प्रदेशले कार्यान्वयन गर्ने भएका छन्। यसअघि बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशले लागू गर्न आनाकानी गर्दै आइरहेका थिए। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको नेतृत्वमा सोमबार सिंहदरबारमा सातै प्रदेशमा यातायात मन्त्री र सचिव स्तरीय छलफल कार्यक्रममा सातवटै प्रदेशका मन्त्रीले ७० अंकको ट्रायल लागू गर्न तयार भएका हुन्। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले सातवटै प्रदेशका मन्त्रीले ७० अंकको ट्रायल लागू गर्ने विषयमा सहमति जुटेको…

Read More

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए। ‘बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ’, । उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहान्छन्। डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत…

Read More

काठमाडौं – सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय २५ तोकिएकोे छ ।

Read More

काठमाडौं – सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए। कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ। यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन्। सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्दैछन्। नेपाली…

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौँ फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन । यसकारण पहिलो बैठक शुक्रबार नै राखौँ भन्ने भएको छ । तर, कुन समयमा बस्ने तय गर्न बाँकी छ,’ समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, काँग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएपछि…

Read More

काठमाडौं – आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए । बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना पनि छ । आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ताको काम सकिसकेको…

Read More