Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार २ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारबाट सुनको मूल्य घट्दै आइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्य तालिका सार्वजनिक गरेको छ । राष्ट्रपतिले चासो देखाएर पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने…

Read More

काठमाडौं – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाटको विषय टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटरामा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन, गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ। सिट बाँडफाँड कार्यदलमा भएको प्रगति विवरण पनि बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए। साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन्।

Read More

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ । कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने छन् । पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरे लगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए । ‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ यो सफलता प्राधिकरणको आन्तरिक म्यानेजमेन्टले मात्रै नभइ विद्युत खपत बढाउने योजनाअनुसार नै भएको उनको भनाइ छ । यस अवधिमा विद्युत खपत बढाउनका लागि धेरै ठाउँमा पूर्वाधार बनाइएको छ…

Read More

काठमाडौं – काठमाडौंउपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन तीनबुँदे सहमति भएको छ। काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो। सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

Read More

काठमाडौं – भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैँले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपमा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ । प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक-एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ । बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे । प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन प्रयोग गर्न…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ६३८३ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ३ सय २८ जना कोरोनामुक्त भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार गत २४ घन्टामा १ लाख ८९ हजार ७६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा नेपालमा ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

धनगढी – राष्ट्रिय वाणिज्य बैंक बझाङबाट एक सेवाग्राहीको पैसा चोरिएको छ। भोजपुर घर भएका हाल बझाङको सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाको खाताबाट रकम चोरिएको हो। उनले आफ्नो खाताबाट ९८ हजार रुपैयाँ चोरिएको बताए। शेर्पाका अनुसार उनले गत वर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकबाट नयाँ चेक लिएका थिए। तर, उनले पुरानो चेक छोडेर गएको बताएका छन्। तर, आज उनले आफ्नो खातामा रकम चेक गरेर निकाल्न खोज्दा रकम नभेटिएपछि चोरिएको थाहा पाएका हुन्। बैंक प्रशासनका अनुसार पुरानो चेकबाट अनिल रोकाया नाम गरेका मान्छेले भुक्तानी लिएको देखिएको छ। अहिले रोकायाको पहिचान गर्न सिसिटिभि फुटेजबाट खोज्ने काम भईरहेको बताइएको छ।

Read More