Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । बिहान ३-४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको…

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ । आज दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परे भने ८७ थान पासपोर्ट जफत गरिएका हुन् । छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको हो। उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताउनु भयो । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक…

Read More

काठमाडौं – प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताएका छन्। रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। देउवाले यी पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

Read More

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को एउटा दरबन्दी थपेर अनुसन्धान निर्देशक (डीआईजी) ओम जोशी र हुतराज थापाको बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थपगर्दै थापा र जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो । राअविका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा थिए । बढुवा प्रत्यासीमा डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल थिए ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा  ८१५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ४५३४ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ४७६ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा ५ हजार ८६९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ। श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरिएको हो। पक्राउपश्चात् निजलाई सोधपुछ गर्ने क्रममा उक्त अवैध गतिविधिमा अन्य सिकारीको पनि संलग्नता रहेको पाइएकोले प्राप्त जानकारीका आधारमा संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य ७ जना पक्राउ परेका छन्।पक्राउ परेका व्यक्तिबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल–२, टिका बारुद प्याकेट–१, खुँडा गोटा–१, खुकुरी गोटा–४ लगायत सामग्री बरामद गरी आवश्यक कारबाहीका लागि कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाइएको छ।

Read More

काठमाडौं – बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी-२०७९” मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनुपर्ने बताए। कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको ट्रेन्डमा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले आफूलाई…

Read More

काठमाडौं – आज बिहीवार पनि शेयर बजार घटेको छ। बिहीबार सेयर बजारको परिसूचक नेप्से १९ अंक घटेर २०३७ अंकमा कायम भएको छ । कारोबार रकम १ अर्ब ७६ करोडमा खुम्चिएको छ।सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जलविद्युत् ३१, जीवन बीमा ६७, उत्पादन ८२, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ७०, अन्य २६ र ब्यापार उपसमूह ०.११ अंक घटे । १५० कम्पनीको मूल्य घट्दा ३२ को बढ्यो । दुई कम्पनीहरु हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको मूल्य भने १० प्रतिशत बढयो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेस्डो लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स…

Read More

भक्तपुर – भ्यागुतालाई पनि भोज भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज)यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ(आफ्नो खेतमा भोज लिएर पुग्छन् । भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि रु भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताको भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो । भ्यागुतालाई भोज खुवाउने…

Read More