काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को एउटा दरबन्दी थपेर अनुसन्धान निर्देशक (डीआईजी) ओम जोशी र हुतराज थापाको बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थपगर्दै थापा र जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
राअविका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा थिए ।
बढुवा प्रत्यासीमा डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल थिए ।
Facebook Comments Box