धनगढी: धनगढीमा रहेको एक होटलबाट चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एनएस होटलबाट लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दीपायल सिलगढी नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
चैत २५ गते रातिको समयमा होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको कैलाली प्रहरीले जनाएको छ।
Facebook Comments Box