धनगढी: २९ चैतमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सभा गर्ने भएको छ।
सभामा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो।
नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले विशेष सभा आयोजना हुने र त्यसको तयारी तीब्र पारिएको जानकारी दिए।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको हो।
पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ। सभामा हजारौं मान्छे उतार्ने तयारी छ।
Facebook Comments Box