Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् । जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छलफल, बहस गरे पनि त्यहाँ रहेका परम्परावादी सोच भएका मानिसहरू रुपान्तरित हुन नसकेको उनको आरोप छ । ललितपुरको बालकुमारीमा नेपाल समाजवादी पार्टीले आज आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीको गत असार अन्तिम बसेको केन्द्रीय कार्यकरिणी समितिको विस्तारित बैठकले पार्टीले लक्षित उदेश्य र वैकल्पिक राजनीतिक दलको कार्यभार पूरा गर्न नसक्ने ठहर गर्दै नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठन गरेको उनले प्रष्टाए । यसले वैधानिक पूर्णता…

Read More

काठमाडौं – प्रतिनिधिसभाको भोलि (आइतबार) बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक सम्भावित कार्यसूचिमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जनाईको छ । आज सार्वजनिक गरिएको भोलिको कार्यसूचिमा चौथो नम्बरमा भनिएको छ,‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।’

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए । उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए । २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताउँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न समेत महत्वपूर्ण…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानको फुकुओकामा नेपाल फेस्टिभल–२०२२ को उद्घाटन गरेका छन् । शनिबार फेस्टिभलको उदघाटन गर्दै अध्यक्ष दाहालले जापानका पूर्व प्रधानमन्त्री आबेसँग राम्रो सम्बन्धमा रहेको बताएका छन् । उनले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट आफू सम्पर्कमा रहने गरेको बताएका हुन् । यसअघि अध्यक्ष प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री आबे नेपाल आउँदा २र३ पटक कुराकानी भएको बताएका थिए । नरिता विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, ‘म जापान आउने तय भएसँगै पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयको रूपमा रहेको बताउँदै सधैँ सफा हुनुपर्ने बताए । उनले भक्तजन, तीर्थयात्री, पैदल यात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिए । मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरू, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठमन्दिर, स्तूपलगायतको निरीक्षण गरेका थिए । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिँदै पानी, बिजुली तथा सार्वजनिक…

Read More

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “सरकार पनि गठन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उहाँले थप्नुभयो “एमालेसंग प्रतिशपर्धा गर्नका लागि एक हुनु प¥यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु…

Read More

काठमाडौं – नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।

Read More

सल्यान – शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन्। जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत बिरामी भएका छन्। शुक्रबार साँझ जंगली…

Read More

काठमाडौं – अस्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स-२०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। शर्मा शुक्रबार बेलुकी काठमाडौं आइपुगेका हुन्। शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरे। अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अस्ट्रेलियाको सिड्नीमा आयोजित (सीएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अस्ट्रेलिया प्रस्थान गरेका थिए। साउन ९ देखि ११ गतेसम्म चलेको कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका…

Read More

काठमाडौं – जापान भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो । प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए । सत्ता गठबन्धनले…

Read More