Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

Read More

काठमाडौँ – सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनेर अमेरिकालाई गरेको पत्राचार सार्वजनिक गर्न नमिल्ने जिकिर गरेको छ । संघीय सांसद र संसदीय समितिले एसपिपीमा संलग्न नहुने पत्राचारको छाया–प्रति सार्वजनिक गर्न माग गरिरहेका वेला परराष्ट्र मन्त्रालयले कूटनीतिक पत्राचार संवेदनशील विषय भएकाले सार्वजनिक गर्न नमिल्ने जवाफ दिएको हो । केही दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपी अस्वीकार्यबारे अमेरिकालाई पत्राचार गरेको जानकारी दिएका थिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संवेदनशीलताका विषयलाई सूचनाको हकसम्बन्धी ऐनले नै गोप्य राख्न भनेको जिकिर गरिन् । उनले द्विपक्षीय कूटनीतिक नोट एकपक्षीय रूपमा सार्वजनिक गर्न नमिल्ने बताइन् । एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को ६ असारको निर्णयबारे…

Read More

काठमाडौं – काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

Read More

काठमाडौं – निर्वाचन आयोगले गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरेको हो। ‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। आयोगले दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने उल्लेख…

Read More

काठमाडौं – नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । प्रकाशित सूचनाअनुसार प्रहरी वृत्त लैनचौरमा गणेशबहादुर बम, दरबारमार्गमा कोपिला चुडालको काज सरुवा भएको छ । त्यस्तै प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, बौद्धमा हरिबहादुर बस्नेत र महाराजगञ्जमा अंगुर जिसीलाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । सूचीः

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

Read More

काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठक सार्वजनिक गरिएको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने, सचिवहरुको बढुवादेखि सरुवा र नगरपालिकाको केन्द्र सार्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। मन्त्रिपरिषद्‌को सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गरेको छ। त्यस्तै उनलाई लुम्विनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गरेको छ। उनलाई महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको छ। बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते…

Read More

मोरङ – विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे उनलाइ ठक्कर दिएको थियो। दुर्घटनापछि साइकलयात्री फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

Read More

काठमाडौं – सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने चुनावको लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । आज गठन गरिएको सिट बाँडफाँट कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ३ जना र अन्यदल बाट २ र २ जना सदस्य राखिएका छन् । कांग्रेसको तर्फबाट कार्यदलमा महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यसैगरी, नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाको तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

Read More

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ ।…

Read More