Author: महेन्द्रनगर पोष्ट

सिरहा – बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका-२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ – आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन्। गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कैलालीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । यस जिल्लामा ११९ जाहेरी दर्ता भएका छन् । कञ्चनपुरमा ३३ जाहेरी परेका छन्…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो । एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन् । त्यस्तै महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् । बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि…

Read More

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले यो वर्ष देखि प्रेम सिह धामी पत्रकारीता पुरस्कारको व्यवस्था गर्ने भएको छ । गत असार १० गते पालिकामा पेश गरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिह धामीले चालु आर्थिक वर्षदेखि प्रेम सिंह धामी पत्रकारिता पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका थिए । मालिकार्जुन गाउँपालिका घर भइ जिल्लास्थित विभिन्न संञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई उतm पुरस्कार दिइने गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनु भएको छ । यस्तै उहाँले मालिकार्जुन गाउँपालिका घरभएका सम्पुर्ण पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम गर्ने रहेको पनि बताएका छन ।पुरस्कार विरतण पालिकाले कार्यविधि बनाए मात्र वितण गर्ने जनाएको छ । विःस २००९ साल भदौ २९ गते…

Read More

काठमाडौं – पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९९६ नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन् । मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । आज दुई…

Read More

दार्चुला – दार्चुलामा एचआइभी संक्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् । अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन् । जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्र सिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो । आर्थिक वर्ष २०७०र७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ । लेकम गाउँपालिका–१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उहाँले बताउनुभयो । धनगढीको…

Read More

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए । ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन’, उनले भने । एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै नेता ज्ञवालीले प्रचलित ऐनअनुसार वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक पारित गर्ने प्रक्रियामा असहमति जनाएका छन् । प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको भोलिपल्ट नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । ‘संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित भएको छ । यो ऐनको रूपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरूले संविधान अनुसार नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिकताबिहीन हुनुको पिडाबाट मुक्ति पाउनेछन् । यो व्यवस्था छिट्टै हुनु पर्थ्यो । अब हुने भएको छ। यो सकारात्मक छ । तर यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ ।’…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह-महामन्त्रीमा मनोनीत गरेका हुन । अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आवश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

Read More

काठमाडौँ – नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् । पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित श्रद्धाञ्जली सभामा उनले पुष्पलालको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका हुन् । ‘पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ ।’ उनले भने। आफ्नो पार्टी अरु भन्दा फरक रुपमा प्रस्तुत भएर उभिएको दाबी अध्यक्ष नेपालको छ। आफूहरुले नेपालको इतिहासमा कीर्तिमान कायम गरेको पनि उनले बताए ।‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने…

Read More