दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले यो वर्ष देखि प्रेम सिह धामी पत्रकारीता पुरस्कारको व्यवस्था गर्ने भएको छ । गत असार १० गते पालिकामा पेश गरिएको निति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा सिह धामीले चालु आर्थिक वर्षदेखि प्रेम सिंह धामी पत्रकारिता पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
मालिकार्जुन गाउँपालिका घर भइ जिल्लास्थित विभिन्न संञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई उतm पुरस्कार दिइने गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनु भएको छ ।
यस्तै उहाँले मालिकार्जुन गाउँपालिका घरभएका सम्पुर्ण पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम गर्ने रहेको पनि बताएका छन ।पुरस्कार विरतण पालिकाले कार्यविधि बनाए मात्र वितण गर्ने जनाएको छ । विःस २००९ साल भदौ २९ गते दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं . ८ स्थित घट्ट भन्ने ठाउँमा प्रेम सिंह धामीको जन्म भएको थियो ।दार्चुला जिल्लाबाट निर्वाचित तत्कालीन सासंद प्रेमसिंह धामीले काठमाडौंलाई कालापानी किन दुख्दैन, भन्दै संसदमा गर्जिए उनको चर्चा हुन थालेको हो ।
मालिकार्जुन गाउँपालिकाले पनि अहिले उनकै नामबाट पत्रकारीता पुरस्कारको व्यवस्था गर्न लागेको हो । यस्तै गाउपलिकाले एफ एम रेडियो पत्रपत्रिका अनलाइन संञ्चार माध्यम एवम सामाजिक संञ्जालको संञ्चालन तथा अधिकतम प्रयोग गरी जनचेतना कृषि सेवा ,मौसम पुर्वअनुमान ,यातायात, तथा टा«फिक नियम सम्बन्धि सन्देश, बजार मुल्य , विपद तथा महामारी विरुद्ध सचेतना र विभिन्न किसिमका जनचेतना मुलक रेडियो कार्यक्रम उत्पादन गरी प्रसारणको व्यवस्था मिलाइने अध्यक्ष धामीले बताउनु भयो ।
गाउँपालिकामा प्रसारण क्षेत्र रहेका सामुदायिक रेडियोहरुको भौतिक पुर्वाधार उपकरण सहयोग र क्षमता विकास कार्यक्रम ल्याइने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको भवन निर्माणका लागि पनि आवश्यक सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।