Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज र भोलिको देशभरको मौसम सामान्य रहने भएको छ। हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि…

Read More

काठमाडौं – संयुक्त राष्ट्र सङ्घ (युएन) ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रवार फोर्स कमान्डर नियुक्त गरेको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् । शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् । सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्ने बताए । कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरू मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए । कार्यक्रममा उनले अब वामपन्थीहरू कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ । संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संथगत आइसोलेसनमा छन् ।

Read More

काठमाडौँ- राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताएका छन् । सूची:

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् । झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाँणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गरेका हुन् । बर्दियाको मधुवन नगरपालिका–१, २ र ३ मा जङ्गली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका…

Read More

काठमाडौँ – भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’ २०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै वाईसीएलले राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नरअधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबीन गर्न माग गरेको हो । वाईसीएलले ज्ञापनपत्र बुझाउँदै आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकिन समेत सरकारको ध्यानाकर्षण गराएको छ । साथै वाईसीएलले संवैधानिक परिषद सम्बन्धि विधेयक तुरुन्त फिर्ता लिन,सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्न समेत माग गरेको छ ।…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई कमभन्दा कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कोइरालाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको बताए । गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए । अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग…

Read More

काठमाडौँ – दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुसँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र आरजुबीच भेटवार्ता भएको थियो । प्रचण्डले आजै भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन्।

Read More