Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन् । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । प्रहरी निरीक्षक भट्टका अनुसार गए राति चौकीदार गाउँतिर गएका थिए । सोही बेला ठुलो पानी परेको…

Read More

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले कागजात दिन आनाकानी गरेको छ। बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा समितिले आवश्यक कागजात बिहीबारसम्म बुझाइसक्न पत्र पठाएको थियो। तर मन्त्रालयले कागजात उपलब्ध नगराएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्। छानबिन समितिले बजेटसम्बन्धी सम्पूर्ण कागजातसहित सिसिटिभी फुटेजको भिडिओ उपलब्ध गराउन मन्त्रालयलाई भनेको थियो। छानबिनका लागि आवश्यक कागजपत्र आइनपुगेपछि बिहीबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले छानबिन गर्न बाँकी ७ दिनको कार्यतालिका बनाएर पारित गरेको छ। जसअनुसार आज (शुक्रबार) बिहान १० बजे, दिउँसो १२ बजे र बेलुकी ५ बजे गरी तीन चरणमा बैठक बस्नेछ। आज बिहान बैठकअघिसम्म…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।

Read More

काठमाडौं – भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ। तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे…

Read More

दार्चुला – शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको करार अवधि थप नहुने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुको नयाँ आर्थिक वर्षको पहिलो महिना साउन १ गतेदेखि म्याद नथपिने जनाएको छ । नगरपालिका भित्रका वडा कार्यालय,स्वास्थ्य संस्था,कृषि शाखा,पशु शाखा,कृषि शाखा,आर्युवेद शाखा र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत सबै करारका कर्मचारीको म्यान नथपिने सुचनामा उल्लेख गरेको छ । असार १६ गते बसेको नगरकार्यपालिकाको वैठकले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेकोले सोही अनुसार कार्यान्वयन गर्न गराउन नगरपालिकाले आग्रह गरेको हो ।

Read More

काठमाडौं – करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई उठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ । २२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

Read More

काठमाडौं – जनता समाजवादी (जसपा)की नेतृ रेणु यादवले आफू पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पार्टी अध्यक्षलाई पत्र लेख्दै उनले व्यक्तिगत कारण देखाएर आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराएकी हुन् । रेणुले अध्यक्षलाई लेखेको पत्र : मितिः २०७९ असार ३०आदरणीय अध्यक्ष ज्यू,जनता समाजवादी पार्टी (जसपा) नेपाल विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा । म रेणुकुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थितिमा विभिन्न बाधा–अवरोध, उतारचढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारी र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ । विभिन्न कालखण्डमा पार्टी…

Read More

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ। बुधबार २०६ जना संक्रमित थपिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८४४ नमूनामध्ये २६० नमूनाको पोजिटिभ रिपोर्ट आएको हो। मन्त्रालयका अनुसार २०२७ नमूनाको पीसीआर र १८१७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २१४ र एन्टिजेनबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो। आज थप ४८ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन्। यस्तै, पछिल्लो २४ घन्टामा ७२ हजार ३२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। आज कोरोनाबाट कसैको…

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए। ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए’, उनले भने, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।’ उनले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताए। त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी…

Read More

काठमाडौं – राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे। विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ। ‘विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुपर्‍यो, होइन भने विवाद आयो भनेर उहाँले राजीनामा दिनुपर्‍यो,’ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतासमेत…

Read More