दार्चुला – शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको करार अवधि थप नहुने भएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुको नयाँ आर्थिक वर्षको पहिलो महिना साउन १ गतेदेखि म्याद नथपिने जनाएको छ ।
नगरपालिका भित्रका वडा कार्यालय,स्वास्थ्य संस्था,कृषि शाखा,पशु शाखा,कृषि शाखा,आर्युवेद शाखा र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत सबै करारका कर्मचारीको म्यान नथपिने सुचनामा उल्लेख गरेको छ ।
असार १६ गते बसेको नगरकार्यपालिकाको वैठकले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेकोले सोही अनुसार कार्यान्वयन गर्न गराउन नगरपालिकाले आग्रह गरेको हो ।
Facebook Comments Box