Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर-७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। स्कुल सकेर घर जानेबेला शनिबार स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो। गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

दार्चुला – मालिकार्जुन गाउँपालिकामा दुई महिनाको अवधिमा सात पटक कार्यपालिका वैठक बसेको छ । गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि २ महिनाको अवधिमा ७ पटक कार्यपालिका वैठक बसेको जानकारी दिएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकोले त्यसमाथि छलफल गर्न २ महिनाको अवधिमा ७ पटक कार्यापालिका वैठक बसेको बताइएको छ । प्रत्येक महिना गाउँपालिकाले गरेका कामकारवाही लगायत प्रगतिबारे सवैलाई जानकारी गराउने उद्येश्यले गाउँपालिकाले आज दोस्रो पटक पत्रकार सम्मेलन गरेको जनाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज दुई महिना पुरा भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनु भएको छ । स्थानीय तहको…

Read More

दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका छात्राहरुमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द भएको छ। खण्डेश्वरी माविमा अध्ययनरत छात्राहरु एक हप्तादेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो। छात्राहरु एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने गरेको विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालले जानकारी दिए।त्यसकारण साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द सम्म गरिएको उनले बताए। यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् । बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ । २४ घण्टाको अवधिमा २८ हजार २५६ जनाले खोप लगाएका छन् ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो । भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेकी छन् । उनका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

Read More

काठमाडौं – शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले निवर्तमान अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि आफ्नो प्रतिवेदन बुझाएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो । समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो । प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।…

Read More

काठमाडौं – तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो । समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो । प्रतिवेदनमा…

Read More

पोखरा – पोखरामा देशभरका महानगरपालिकाका मेयर र उपमेयरहरु भेला भएका छन् । पोखरा महानगरको पहलमा ६ वटा महानगरका मेयर र उपमेयर पोखरामा भेला हुन पुगेका हुन् । काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् । वीरगञजका मेयर राजेशमान सिंह र बिराटनगरकी उपमेयर इन्दिरा कार्की भने पोखरा आइपुगेकी छैनन् । महानगरका मेयर र उपमेयरले सारङकोटमा दुई दिनसम्म विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौं – नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हाे ।भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो । सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले…

Read More