दार्चुला – मालिकार्जुन गाउँपालिकामा दुई महिनाको अवधिमा सात पटक कार्यपालिका वैठक बसेको छ । गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि २ महिनाको अवधिमा ७ पटक कार्यपालिका वैठक बसेको जानकारी दिएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकोले त्यसमाथि छलफल गर्न २ महिनाको अवधिमा ७ पटक कार्यापालिका वैठक बसेको बताइएको छ ।
प्रत्येक महिना गाउँपालिकाले गरेका कामकारवाही लगायत प्रगतिबारे सवैलाई जानकारी गराउने उद्येश्यले गाउँपालिकाले आज दोस्रो पटक पत्रकार सम्मेलन गरेको जनाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज दुई महिना पुरा भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनु भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गत जेठ १३ गते पहिलो कार्यपालिकाको बैठक बसेको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनु भयो ।
यस्तै गत असार १४ गते एक महिना पुरा भएको थियो । विगतमा गाउँपालिकाले निजि घरहरु भाडामा लिएर कार्यालय संचालन गर्दै आएकोमा उक्त घरहरुको सम्झौता रद्ध गरी सरकारी भवनहरुबाट सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धामीले बताएका छन । गाउँपालिकाले करार कर्मचारीहरुको व्यवस्थापन कार्यविधि २०७९ कार्यपालिकाबाट स्विकृत गरी मालिकार्जुन गाउँपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन गर्ने काम सम्पन्न गरेको बताउनुभयो छ । गाउँपालिकामा १०४ जना करार कर्मचारीहरु रहेको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाले कार्यसम्पाद मुल्याकङन गरी उतिर्ण भएका करारकर्मचाहरुको म्याद थपगरी कामकाजमा फर्किएको गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कार्यविधि अनुसार ८० नम्बर देखि ८५ नम्बर ल्याउने कर्मचाहरुको म्यादथप गरी तिन महिनाका लागि काममा फर्किएको जनाएको छ । गाउपालिकाले हाल सम्म गाउँपालिका भित्रका ४३ वटा विद्यालय व्यवस्थापन समिति गठन गरेको जनाएको छ ।
विभिन्न समयमा आएको अविरल वर्षाका कारण १० जना बाढिपिडितहरुलाई राहात उद्धार तथा पुर्नस्थापनाका कार्यहरु गरेको बताउनुभयो । मालिकार्जुन गाउँपालिका भित्रका गाउँघरक्निकमा सामुहिक रुपमा स्वास्थ्य सेवा संञ्चालन गरेको गाउँपालिका अध्यक्ष धामीले बताएका छन । गाउपालिका अन्तरर्गत रहेको श्री शैल्यशिखर पुजन जात्राको पुर्वसन्धामा महाराज मालिकार्जुन स्वामीको मन्दिरदेखि शैल्यशिखरको मौतामौतिसम्म सरसफाई कार्यक्रम सम्पन गरेको उहाँले बताउनुभयो ।
आवधिक योजना र क्षमता विकास योजनाको मस्यौदा माथि प्रारम्भिक छलफल सम्पन्न गरेको छ । मालिकार्जुन गाउँपालिकाका सम्पुर्ण शाखाहरु व्यवस्थित भइ सार्वजनिक भवनबाट सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय मावि ठिङमा कक्षा १२ सम्मको पठाइ संञ्चालनका लागि अनुमति पाइएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्रर्गतकाका रोजगार साहयक र प्राविधिक साहयकको विज्ञापन भइ छनोटको प्रक्रियामा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यसअघि मालिकार्जुन गाउँपालिकाले निजि घरहरुलाई भाडामा लिएर दैनिक कामकारवाही कार्यालय संचालन गरिरहेकोले करोडौ बजेट खर्च हुदै आएको थियो । गाउँपालिकाका सवै सेवा सरकारी भवनबाट संचालन गरेपछि लाखौ रकम सञ्चित हुने भएपछि विकासमा खर्च गर्न सकिने गाउँपालिकाले जनाएको छ ।