Author: महेन्द्रनगर पोष्ट

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरुको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । लु.८३ प २९८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरे जस्तो सफल हुन नसकेको बताए । माओवादीलाई हराउन गठबन्धनकै दलहरू लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालिकोट जस्ता जिल्लाहरूमा अरू दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए । ‘हामीले गठबन्धनको…

Read More

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको उनले बताए। वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल सकेर निर्णय गर्ने तयारी छ । हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको थियो।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् । आइतबार सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ । गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो । माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

Read More

बैतडी – नेपालका कतिपय व्यक्ति भारतमा गएर व्यवसाय गर्छन् भने भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । व्यवसाय गरेर दैनिक जीवनयापन गर्नु राम्रो पक्ष हो । तर, कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ । उनीहरू मध्येका केही व्यक्ति आफ्नो देशमा आपराधिक कृयाकलाप गरेका भगौडाको सूचीमा समेत परेका छन् । बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन् । भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडी व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई…

Read More

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५ असारदेखि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै, ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १०…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ : १५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख सापकोटासहितको टोली यही असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको बताउँदै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको…

Read More

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

Read More

काठमाडौं – अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रूपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरूले आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द गर्ने बताएका छन् । शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ति नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द गर्न बाध्य भएको पाँच दलले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त प्रेस विज्ञप्ति नेकपा एमालेका जिल्ला कमिटी…

Read More

काठमाडौं – मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पार्नुभएको हो । नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जित्नुभएको छ । उहाँले उपाधिसहित नगद रु एक लाख प्राप्त गर्नुभएको छ । डेविडले चट्टानलाई हराउँदै उपाधि जित्नुभएको हो ।…

Read More